सांसद धामीको पहलमा कञ्चनपुरका तिन स्थानीय तहका जनता जमिनका मालिक बन्दै

कञ्चनपुर,
कञ्चनपुरका तिन स्थानिय तहमा एकै साथ भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन तयारी भएको छ । संघिय सासंद प्रतिनिधि साभा सदस्य नरबहादुर धामीको विषेश पहलमा निर्वाचन क्षेत्र नं. २ अन्तरगतका स्थानिय पालिकाहरुमा दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जमिनको मालिक बनाइदै गरेको हो ।
गत निर्वाचनताका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले गरेको चुनावी प्रतिबद्धतालाई यसै चालु आर्थीक बर्षमा पुरा हुने भए पछि यस क्षेत्रका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता कार्यकर्ताहरु पनि हर्षित भएका छन । विगत लामो समय देखी यस क्षेत्रको प्रमुख चुनावी मुद्दाका रुपमा रहेको भूमिहीन, दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या यस बर्ष सांसद धामीको पहल तथा निरन्तरको खबरदारी पछि सम्पन्न हुने तयारीले पार्टी नेता कार्यकर्ता मात्रै होईन आम जनताहरुमा पनि खुसीयाली छाएको कुरा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) शुक्लाफा“टा नगर कमिटि सचिव देवदत्त भट्टले बताउनु भयो ।
कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं. २ अन्तरगतका कृष्णपुर, शुक्लाफाँटा र वेतकोट नगरपालिकामा नापी कार्यलाई तिव्रता दिने तयारी भैरहेको स्थानिय निकायहरुले जनाएका छन । जिल्लाको निर्वाचन क्षेत्र नंं. २ अन्तरगतका तिनै स्थानिय तहमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्यलाई चालु आर्थीक वर्ष भित्र कार्य सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउन सबै सम्बन्धित पक्ष लागि परेको यस क्षेत्रबाट निर्वाचित संघिय सासंद प्रतिनिधि सभा सदस्य नरबहादुर धामीले बताउनुभयो ।सासंद धामीकै पहलमा यस अघि नै नेपाल सरकार भूमि सम्बन्धी समस्या समाधान आयोग र कृष्णपुर नगरपालिका बिच भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न समझदारी सम्झौतामा हस्ताक्षर भैसकेको छ ।
कृष्णपुर नगरपालिकाले सम्झौता पछि स्थानिय जनप्रतिनिधि र स्थानिय राजनितिक दलहरुको सहभागितामा केन्द्रिय आयोगका पदाधिकारीहरुको उपस्थीतीमा प्रशिक्षण कार्यक्रम समेत यस अघि नै सम्पन्न गरि सकेको छ । देश भरीमा पहिलो चरणको कार्य प्रारम्भ गर्न १४ स्थानिय पालीकाहरु मध्येमा कञ्चनपुर जिल्लाको एक मात्र कृष्णपुर गरपालिका परेको हो । कृष्णपुरले नापी कार्यकालागि जनशक्ती व्यवस्थापनको कार्यलाई अघि बढाएको छ । कञ्चनपुरमा सबै भन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको संख्या कृष्णपुर, शुक्लाफा“टा र वेतकोट नगरपालिकामा रहेको स्थानिय तहरुको दावी रहेको छ ।
जिल्लाको निर्वाचान क्षेत्र नं. २ का स्थानियहरु यसै बर्ष जमिनको मालिक हुन पाउने कुराले निकै हर्षित भएका छन् । “मेरा बाजे, बुवाले यसै जमीनमा पसिना बगाए र मरिसके आज बर्षै पछि जमिनको मालिक बन्ने मौका दिएकोमा हाम्रा सांसद धामी जीलाई धेरै धेरै धन्यवाद छ ।” निकै हर्षित मुद्रामा शुक्लाफँ“टा नगरपालिका वडा नं. ८ का स्थानिय खुसीराम चौधरी भन्नुभयो । चालु आर्थिक वर्ष २०७७÷७८ मा एक सय स्थानीय तहस“ग यसै महिना भित्र कार्य प्रारम्भ गर्न चरणगत रुपमा समझदारी गरिसक्ने आयोगको उद्देश्य रहेको आयोगका उपसचिव राजेन्द्र बहादुर अर्यालले बताउनु भयो । चालु आर्थीक वर्ष भित्र एक सय पालिकामा हुने पहिलो चरणको नापीमा वेतकोट र शुक्लाफा“टा नगरपालीकाको कार्यलाई अघि बढाउन पहल भैरहेको संघिय सासंद प्रतिनिधि सभा सदस्य नरबहादुर धामीले बताउनु भयो । एक सय स्थानिय तह भित्र शुक्लाफा“टा नगरपालिकामा पहिलो चरणमै नापी हुने भएको र भूमि सम्बन्धी समस्या समाधान आयोगले नगरपालिकालाई पत्राचार गर्दै भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न नगरपालिकालाई कार्य अघि बढाउन समझदारी सम्झौता गर्न पत्राचार गरेको छ । आगामी पौष २ गते नेपाल सरकार भूमि सम्बन्धी समस्या समाधान आयोग र शुक्लाफा“टा र वेतकोट नगरपालिका बिच सम्झौता हुन लागेको हो ।

ताजा समाचार