दोधारा

माहाकाली नगरपालिकामा सुदूरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्थाको भवन निर्माणको शिलान्यास गरिएको छ् । माहाकाली नगरपालिका वडा नं. ४ वडा कार्यालय संगै रहेको जग्गा क्षेत्रमा आज बिधिवतरुपमा सुदूरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्थाको भवन निमार्णको शिलान्यास गरिएको हो । प्रदेश सभा सांसद मान बहादुर सुनारले आज सुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्थाको भवन निमार्णको शिलान्यास गरेको संस्थाले जनाएको छ् । माहाकाली नगरपालिकामा स्थापित सुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्थाले माहाकाली नगरपालिका क्षेत्रमा बिभिन्न दातृ संघ संस्थाहरु संग समन्वय गरि सामाजिक कार्यमा अग्रसर रहदै आएको छ् ।

सुदूरपश्चिमाञ्चल महिला जागरण उत्थानका अध्यक्ष नन्दा खत्रीको सभापतित्वमा संचालन भएको शिलान्यास कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सांसद मान बहादुर सुनार, बिशिष्ट अतिथीमा माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, उपप्रमुख श्री चिनी ओझा गिरी, पुर्व सांसद ईन्द्र बहादुर खत्री, जिल्ला समन्वय समिति सदस्य सीता भण्डारी, माहाकाली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्र, नेपाली काग्रेंस माहाकालीका नगर सभापती डम्मर चन्दतथा वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै बक्ताहरुले बिगतका दिनहरुमा माहाकाली नगरपालिका क्षेत्रमा महिला तथा बालबालिका सम्बन्धी निकै रचनात्मक कार्य गर्दै आएको संस्था सुदूरपश्चिमाञ्चल महिला जागरण उत्थानको भवन निमार्ण कार्य अघि बढेको बिषयमा खुशी ब्यक्त गर्दै माहाकाली नगर क्षेत्रमा संस्थाले थप सामाजिक कार्यमा अग्रसर हुदै जाने अपेक्षा राखेका थिए । केही दिन अघि मात्रै माहाकाली नगरपालिका कार्यपालिकाको बैठकले संस्थाको भवन निमार्णको लागी जग्गा उपलब्ध गराएको हो ।
