प्रथम भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा बोराडाडी ,भोलि लालझाडी र रोयल गोर्खा भिड्ने

कञ्चनपुर 

सोमबार सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मनकामना युवा क्लब जुगेडाले आयोजना गरेको प्रथम भेट्रान फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा बोराडाडी भेट्रान टिमले सेमिफाइनलमाको यात्रा तय गरेको छ।

आज सोमबार भएको तेस्रो दिनको खेलमा बेराडाडी भेट्रान टिम र बनदेबि युवा क्लब,अत्तरिया बिच भएको प्रतिस्पर्धात्मक रोमाञ्चक खेलमा बेराडाडी भेट्रान टिमले बनदेबी युवा क्लब अत्तरीया लाई २-० गोलको अन्तरले पाखा लगाउँदै प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको आयोजकले जानकारी दिएको छ। अब बोराडाडीले सेमिफाइनल खेल कैलारी गाउँपालिका संग सामना गर्ने छ।

भोलि मंगलबार हुने चौथो दिनको खेल लालझाडी युवा क्लब र रोयल गोर्खा भेट्रान टिम बिच दिउँसो १२ बजे प्रतिस्पर्धात्मक खेल हुने आयोजक क्लबका अध्यक्ष डबल बहादुर थापाले बताएका छन् । प्रतियोगितामा ३५ बर्ष उमेर समुहका खेलाडीहरुले मात्रै भेट्रान फुटबल प्रतियोगितामा भाग लिन पाउँनेछन् भने प्रतियोगितामा कैलाली र कञ्चनपुरका १० वटा टिमको सहभागिता रहेको छ।

प्रतियोगिता मंसिर २० देखि २७ गते सम्म संचालन हुने प्रतियोगिताका सम्पुर्ण खेल नकाउट आधारमा खेलाइने छन् । प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल तथा रिसर्च सेन्टर तथा सह–प्रायोजक अभिरुप मोटर्स प्राईभेट लिमिटेड रहेका छन् । प्रतियोगितामा प्रथम पुरुस्कार ४० हजार र द्धितीय पुरुस्कार २० हजार सहित ट्रफी प्रमाणपत्र प्रदान रहेको छ।

ताजा समाचार