हिन्दु धर्म र राजसंस्था माग बढ्दो

हिन्दु धर्म र राजसंस्थाको माग पछिल्लो समय व्यापक रुपमा उठ्दै गएको छ । देश संघीय गणतन्त्रमा गएको बाह् बर्षपछि देशमा सत्तारुढ दल आन्तरिक समस्यामा फसेको र कोभिड-१९ को उच्च जोखिम रहेको समयमा देश ब्यापि रुपमा हिन्दु धर्मको माग राखि बृहत् र्यालिहरु निस्कि रहेका छन् ।

यसैबीचमा कंचनपुरको दोधारा चाँदनीमा पनि केही दिन अगाडिमात्रै बृहत ¥याली तथा प्रदर्शन भएको थियो । कंचनपुरको महेन्द्रनगर बजारमा पनि मंसिर २५ गते हिन्दु धर्म सहितको राजसंस्थाको माग राखेर ¥यालीको आयोजना गर्ने नागरिक आन्दोलनका संयोजक दिवान आग्रीले बताए । पछिल्लो समय राजा आउ देश बचाउ, घर्मनिरपेक्षता खारेज गर जस्ता नारा लगाएर ¥याली हुन थालेका छन ।

बाह् वर्षे जनविद्रोह र हजारौंको बलिदानीबाट प्राप्त लोकतान्त्रिक व्यवस्था परिवर्तन हुने चिन्ता कतिपयले गर्न थालेका छन् भने अधिकांशले यस व्यवस्था मान्ने शक्तिहरु एकसुत्र भएर अगाडि बढ्न नसक्दा यस्तो अवस्थालाई बढाबा दिईरहेको बताउछन् । लोकतान्त्रिक नेता र नेतृत्वको कार्यशैली एवम् देशमा जनपक्षीय काम नगरिदाँ जनतामा लोकतान्त्रिक राज्य व्यवस्थाप्रतिको विश्वास खस्किदै गएको देखिन्छ ।

ताजा समाचार