कञ्चनपुर
माइती नेपालले महिलाको लागि सामुदायिक भान्छा तथा पौष्टिक खाना कोभिड–१९को प्रकोप पश्चात वितरण गर्दै आईरहेको छ । सोही क्रममा आइतबार (आज) देखि शनिबार सम्म एक हप्ता निरन्तर पौष्टिक खाना वितरण गर्ने कार्यक्रम शुरु गरेको छ । भीनपा–१८को सुकुम्वासी वस्तीमा २५० जना महिलाहरुलाई वितरण गरने कार्यक्रम रहेको माईती नेपालकी संयोजक महेश्वरी भट्टले बताउनु भयो ।

माइती नेपाल, युएन वुमन र स्थानिय सरकारको सहकार्यमा वितरण पौष्टिक खाना एक दम उपयुक्त र सहि समयमा वितरण भई रहेको उक्त टोल विकासकी अध्यक्ष पवित्रा शाहीले बताउनु भयो कोरोनाको कहरको बेला यो गरीब बस्तीमा दुई छाक खाना टार्न पनि मुस्किल परेको बेला माइती नेपालले वितरण गरेको पौष्टिक खाना उचित समयमा उचित व्यक्तिलाई मिलोको बताउनु भयो ।

उक्त पौष्टिक वितरणको अवसरमा २५ नोभेम्बर बाट शुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सफल पार्नमा जोड दिनु पर्ने माईती नेपालकी संयोजक भट्टले बताउनु भयो । अहिले महिला पुरुष दुवै समान भएकोले कसैले पनि लिङ्गको आधारमा कसैलाइ पनि दुख दिनु उचित नभएको र सबै मिलि यसको अन्तय गरी मिलेर बस्नु पर्नेमा भट्टले जोड दिनु भयो ।

