पार्टी विभाजन रोक्नुपर्ने माग अघि सारेर नेकपा सुप प्रदेश कार्यालयमा अनसन

कञ्चनपुर

सत्तारुढ नेकपा भित्रको आन्तरिक विवाद चुलिदै गएपछि नेता कार्यकर्ताहरुमा कतै पार्टी विभाजन हुने चिन्ता बढ्दै गएको छ । ०७४ मा नेकपा कम्यूनिष्टलाई जनताले दिएको जनमतको वेवास्ता गर्दै कम्यूनिष्ट एक आपसमा विवाद गर्न थालेपछि प्रतिकृयावादी गणतन्त्र बिरोधी समुह जुरुमुराउन थालेको भन्दै सुदूरपश्चिम प्रदेश नेकपाका एक कार्यकर्ताले अनसन शुरु गरेका छन ।

नेकपा डडेल्धुरा जिल्ला सदस्य पदम बोहराले आइतबारदेखि नेकपा सुदूरपश्चिम प्रदेश कमिटिको कार्यालय कैलाली धनगढीमा अनसनमा बसेका छन । उनले ५ बुँदे माग राख्दै अनशन शुरु गरेका हुन । बोहराले आइतबारदेखि नेकपा सुप प्रदेशको कार्यालयको मुल गेटमा अनसन शुरु गरेका छन । उनले पार्टी विभाजनबाट नेताहरुले रोक्नुपर्ने, नेताहरुले व्यक्तिगत पारिवारिक गुटगत भन्दा देश र जनताका लागि हितमा काम गर्नुपर्ने, पार्टीका दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन फिर्ता लिनुपर्ने, एकताका बाँकी काम अघि बढाउनुपर्ने, संघीयता, गणतन्त्रको रक्षा गर्दै जनताको चाहना अनुरुप काम गर्नुपर्नेमा जोडदिएका छन् । भाई फुट गवार लुटे उखान अनुरुप सत्तारुढ नेकपाको त्यस्तै हालत भएकाले गणतन्त्र बिरोधी समुह सकृय भएकाले नेताहरुको ध्यान जनतामा केन्द्रीत गराउनका लागि आन्दोलन स्वरुप पार्टी कार्यालयमा रिले अनसन शुरु गरेको उनले बताए ।  माँग पुरा नहुन्जेलसम्म रिले अनसन जारी राख्ने बोहराले बताए ।

अनशनरत बोहरा पत्रकार महासंघ डडेल्धुराका सह सचिव र प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पनि हुन । समाज सेवा र विकास निमांणका काममा सदैव सक्रिय बोहरा डडेल्धुरा जिल्ला परशुराम नगरपालिका–७ मलास भुमिथलाका बासिन्दा हुन ।

ताजा समाचार