कञ्चनपुर,

महिलामाथि हुने सबै खोले हिंसा रोकथामका लागि राष्ट्रिय जनमोर्चा निकट महिला संघले माग अघि सारेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।आइतबार अखिल नेपाल महिला संघ कञ्चनपुरले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत महिलामाथि हुने सबै खोले हिंसा रोकथामका लागि राष्ट्रिय जनमोर्चा निकट महिला संघले माग अघि सारेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । राष्ट्रिय जनमोर्चा कञ्चनपुरका युवा नेता महेश जोशीले महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेकै बेला महिलामाथि अझैपनि हिंसा र विभेद भएकाले जनमोर्चा निकट महिला संघले समयमै सचेत गराउनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए ।

महिला संघले विभिन्न १५ बुँदे माग अघि सारेर ज्ञापन पत्र बुझाएका छन । अखिल नेपाल महिला संघ कञ्चनपुरकी संयोजक कमला चौधरी, सदस्य कविता चौधरी, सरस्वती विक, गीता नेपाली, पार्वती चुनारा सहित थिए ।

राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्कीले महिला संघले उठान गरेका मुद्दा सरकारले सम्बोधन गर्नुपर्नेमा जोडदिए । अखिल नेपाल महिला संघ कञ्चनपुरको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले महिला संघले बुझाएको ज्ञापन पत्र माथिल्लो निकायमा पेश गर्ने बताए ।
