दोधारा

कोरोना भाइरसको जोखिम घट्दै गएको निस्कर्ष सहित दोधारा चाँदनी नगरपालिका रहेको सामुदायिक र संस्थागत बिद्यालयहरु आगामी २८ गतेबाट खोल्ने तयारी गरेको छ । दोधारा चाँदनी नगर क्षेत्रमा कुनै विषम परिस्थिती नआए आगामी २८ गतेबाट सुरक्षा सावधानी अपनाएर विद्यालय खोल्ने निर्णय गरेको हो ।

दोधारा चाँदनीका जनप्रतिनिधी, राजनीतिक दल, प्रधानाध्यापक सहित गए सुक्रवार बसेको सर्बपक्षिय बैठक तथा अन्तरक्रियाले यस्तो निर्णय गरेका दोधारा चा“दनी शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले बताए । ‘कुनै विषम परिस्थिती आएन भने अथवा केन्द्र सरकारले कुनै नीति निर्देशन पठायो भने अलग पाटो हो, नत्र आउदो २८ गतेबाट विद्यालय खोल्ने निर्णय भएको छं,’ उनले भने । विद्यालयमा सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने सर्बपक्षिय रुपमा सुझाव आएको दोधारा चाँदनी शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीको भनाई छ । ‘कोरोना भाइरसका कारण विद्यालय बन्द हुदा विद्यार्थीको पठन पाठन ठप्प छ, यस्तो अवस्थामा अब विद्यालय खोलेर पढाई सञ्चालन गर्नुपर्ने सबैको सुझाव आएको छ,’ उनले भने ।

२७ गते सम्म सबै बिद्यालयहरुले मोडालिटी सहित प्रस्ताव पेश गर्ने समेत निर्णयमा भनिएको छ् । दोधारा चा“दनी नगरपालिका कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा ब्यवस्थापनका लागि अधिकांश वडामा संस्थागत तथा सामुदायिक विद्यालयका भवनलाई क्वारेन्टिन तथा आइसोलेसनका रुपमा प्रयोग गरेको थियो । विद्यालय सञ्चालन हुनु भन्दा पहिले क्वारेन्टिन तथा आइसोलेसनमा प्रयोग भएका विद्यालयलाई सेनिटाइज गरिने दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताए । ‘विद्यालय खुल्नु भन्दा पहिले सबै विद्यालयलाई सेनिटाइज गरिनेछ,’ उनले भने–‘आउदो २८ गतेबाट विद्यालयको अनुकुल अनुसार खोल्ने निर्णय भएको छ, यदी कुनै विषम परिस्थिती सिर्जना भएन भने मात्र यो निर्णय लागु हुनेछ् ।’
भौतिक उपस्थितीे नीति अबलम्वन गरिने उनले बताए । कोरोना भाइरस प्रभावित विद्यार्थीलाई लक्षित गरेर दोधारा चाँदनी नगरपालिकामा यसअघि रेडियोबाट ट्युसन कक्षा सञ्चालन चलाएको थियो । दोधारा चाँदनीमा २२ वटा सामुदायिक, २२ वटा संस्थागत बिद्यालय रहेका छन् । दोधारा चाँदनीमा स्थानिय सरकारले बिद्यालय संचालनमा ल्याउने– नल्याउने बिषयमा कुनै आधिकारी धारण बाहिर नल्याएपनि दोधारामा रहेको केही सस्थागत बिद्यालयहरुले बिद्यालय संचालनमा ल्याएका छन् ।






