कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मनकामना युवा क्लब जुगेडाले आयोजना गरेको प्रथम भेट्रान फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा बि वाई सि अत्तरीयाले बिजय सुरुवात गरेको छ।

धनगढी उपमहानगरपालिका का नगर प्रमुख नृप बहादुर ओड को प्रमुख अतिथित्वमा प्रतियोगिताको उद्धघाटन गर्नु भएको थियो भने विशिष्ट अतिथि वडा न. १२ का अध्यक्ष गणेश प्रसाद जोशी रहनु भएको थियो भने सभापति मनकामना युवा क्लबका अध्यक्ष डबल बहादुर थापा रहनु भएको थियो।

आज भएको उद्धघाटन खेल बि वाई सि अत्तरीया र मनकामना युवा क्लब “ए” बिच भएको रोमाञ्चक खेलमा वि वाई सि अत्तरीयाले आयोजक “ए” ४-० गोलको अन्तरले हराउदै आफ्नो पहिलो जित निकालेको छ।
दोस्रो दिनको पहिलो खेल भोलि कञ्चनपुर -११ भेट्रान र कैलारी गाउँपालिका बिच दिउँसो १२ बजे प्रतिस्पर्धात्मक खेल हुने आयोजकले बताएको छ। 

प्रतियोगितामा ३५ बर्ष उमेर समुहका खेलाडीहरुले मात्रै भेट्रान फुटबल प्रतियोगितामा भाग लिन पाउँनेछन् भने प्रतियोगितामा कैलाली र कञ्चनपुरका १० वटा टिमको सहभागिता रहेको छ। प्रतियोगिता मंसिर २० देखि २७ गते सम्म संचालन हुने प्रतियोगिताका सम्पुर्ण खेल नकाउट आधारमा खेलाइने छन् ।
प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल तथा रिसर्च सेन्टर तथा सह–प्रायोजक अभिरुप मोटर्स प्राईभेट लिमिटेड रहेका छन् । प्रतियोगितामा प्रथम पुरुस्कार ४० हजार र द्धितीय पुरुस्कार २० हजार सहित ट्रफी प्रमाणपत्र प्रदान रहेको छ।