वन रक्षक जोशी सेवानिवृत,आगामी यात्रा समाजसेवी

कञ्चनपुर,
कञ्चनपुरका वन रक्षक दीर्घ राज जोशी सेवानिवृत भएका छन । नेपाल वन सेवामा करिब ३७ बर्ष सेवा गरेका जोशी हालै सेवानिवृत भएका हुन । बेलडाँडी गाँउपालिका वडा न.१ का जोशी लामो समयदेखि कुण्डा सव डिभिजन बन कार्यालयमा कार्यरत थिए ।
कुशल, क्षमतावान्, इमान्दार, मिलनसार, सहृदयी , लगनशील वन रक्षक जोशीको एक कार्यक्रमका विच विदाई गरिएको हो । जोशीले ०४१ सालमा वन सेवामा जागीर प्रवेस गरेका थिए ।उनले १९ बर्ष बझाङ्ग, १८ बर्ष कञ्चनपुरमा सेवा गरेका थिए । सरकारी जागिरबाट सेवा निवृत भएका जोशीले अबका दिनमा समाजसेवा गर्ने बताए । ‘यस अघि वनको सेवामा लागेर काम गरे, ‘उनले भने, ‘अब समाजसेवाका काम गर्छु ।’ उनलाई सहकर्मीले विभिन्न गिफ्ट दिदै बिदाई गरेका थिए ।

ताजा समाचार