दोधारा

राजसंस्था पुन:स्थापनाको माँग गदै माहाकाली नगरपालिका क्षेत्रमा बृहत मोटरसाईकल र्याली निकालिएको छ । शनिबार माहाकाली नगरपालिकाको साबिकको चाँदनी गाबिस कार्यालयको प्रांगणबाट निकालिएको र्यालीमा सैयौ युवाहरुको सहभागीता रहेको थियो । स्वतन्त्र देशभक्त समाज माहाकालीले आयोजना गरेको र्यालीमा सहभागीले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो, गणतन्त्र मुद्राबाद भन्दै गणतन्त्र विरुद्ध नाराबाजी गरेका थिए । कार्यक्रममा विभिन्न राजसस्था निकट प्रभुत व्यक्तिको समेत उपस्थिती रहेको थियो ।

राजसंस्था सहितको हिन्दु राष्ट्र पुर्नस्थापना लागि दवाब दिन सयौ नागरिक सडकमा उतारिएको स्वतन्त्र देशभक्त समाज माहाकालीका अध्यक्ष रमेश चन्दले जानकारी दिए । पछिल्लो समय देशभर चरणबद्ध रूपमा राजावादीहरुको सक्रियता बढेको छ् जसमा आम नागरिकको पनि उत्तिकै बाक्लो लर्को लाग्न थालेको छ । वर्तमान व्यवस्थाबाट आजित भएका नागरिक पुन मुलुकमा राजा सहितको हिन्दु राष्ट्र अपरिहार्यता मान्दै राजा आउ देश बचाउको अभियान जुट्न थालेका छ्न । साबिकको चाँदनी गाबिस कार्यालयबाट संचालन भएको र्याली चाँदनी बजार।

हेल्थपोष्ट बजार, बाबाथान बजार, अम्बिका बजारको मुल सडक खण्ड हुदै फर्केको थियो । र्याली पुन : फर्केर साबिको चाँदनी गाबिस कार्यालयको प्रांगणमा पुगेर कोण सभामा परिणत भएको थियो । र्यालीमा झण्डै ७ सय मोटरसाईकल तथा २ दर्जन जती टेम्पोमा स्थानियहरु चढेर राजसंस्था सहितको हिन्दु राष्ट्र पुर्नस्थापनाको चर्को नारा घन्काएका थिए । माहाकाली नगर क्षेत्रमा स्वस्फुर्तरुपमा नागरिकहरु उपस्थितीले देशमा राजसंस्था सहितको हिन्दु राज्यको आवश्यकता रहेको प्रष्ट रहेको राप्रपा माहाकालीका नगर सचिव रबि गिरीले बताएका छन् ।
