जनप्रतिनिधिहरुसँग अपाङ्गता महिलाहरुलाई लक्षित योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

कंचनपुर,
कोभिड–१९(कोरोना भाईरस) प्रतिकार्य राहत र पुनः स्थापनामा स्थानीय तहले अपाङ्गता भएका महिलाहरुलाई लक्षित योजना तर्जुमा सम्बन्धी नगरपालिका स्तरीय जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग अन्तरक्रियात्मक÷ छलफल कार्यक्रम सम्पन्न गरेको छ । २९ औं अन्तर्राष्ट्रिय अपाङ्ता दिवस– २०२० को अवसरमा शुक्रवार नेपाल अपांग महिला संघ कंचनपुरले ‘‘कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता–अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिबद्धता’’ भन्ने मूल नाराका साथ शुक्लाफाँटा नगरपालिकाका जनप्रतिनिधीहरुसँग समग्र अपांगताका मुद्धाहरु र महिला अपांगताका विषयमा विशेष छलफल कार्यक्रम सम्पन्न गरेको हो ।
शुक्लाफाटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले अपांगता भएका नागरिकको हकहितमा प्रतिबद्ध रहेको भन्दै अन्य संस्थाहरुसँग सहकार्य र साझेदारी गर्दै अगाडि बढ्ने बताए । ‘हामी अपांगता भएका नागरिकको हकहितमा प्रतिबद्ध छौँ,संघ सस्थाहरु सँग साझेदारी गर्दै अगाडि बढ्नेछौँ ।’, मेयर ऐरले भने ‘ अपांगता मैत्री भवन निर्माण गर्न र नितिगत सुधार गरेरै नगरपालिकामा अपांगता भएका नागरिकहरुलाई लक्षित गरी कार्यक्रम विगत देखि संचालन गरेका छौँ, साथै कोभिडका बेला प्रदान गरिएको राहत विवरण समेत छिट्टै सार्वजनिक गर्छौ ।’
यस्तै, नगर उप प्रमुख तुलसी देवी हमालले अपांगता भएका आफ्ना नागरिकको सवालमा नगरपालिका गम्भिर रहेको र अगामि दिनमा कार्यपालिकाबाटै निर्णय गरेर कार्यक्रमहरु तय गरिने प्रतिबद्धता जोहेर गरिन् । उनले गैरसरकारी संघ संस्थासँग सहकार्य तथा समन्वय गर्दै नगरपालिकालाई अपांगता मैत्री निर्माण आफूहरु कटिबद्ध भएर लागेको बताईन् । उनले अपांगता भएकाहरुको लागि सहायता समग्रीको लागि १ लाख ५० हजार बजेट छुट्एको वताईन् । ‘हामीले अपांगता भएका नागरिकका लागि चालु आ.व.मा १ लाख ५० हजार रकम छुट्याएका थियौं।’,उप प्रमुख हमलले भनिन् ‘अगामी आर्थिक बर्षदेखि अपांगता क्षेत्रको बजेटलाई बढाउदै लैजाने योजना छ ।’अपांगता भएका व्यक्तिहरुले भने सबैलाई समान रुपमा राहत पुग्ने गरी उत्पादनमूखी कार्यक्रम नगरपालिकाले अहिलेसम्म तय गर्न नसकेको भन्दै तत्काल अपांगतामैत्री भवन निर्माण गर्न र आफूलाई हकअधिकारहरु प्रत्याभुत गराउन नगरपालिकालाई विशेष अनुरोध गरेका छन् । अहिले सम्म अपांगता भएका नागरिक शुक्लाफाँटा नगरपालिका भित्र कति छन् भन्ने पनि एकिन हुन नसकेको भन्दै उनीहरुले सत्य तथ्य तथ्यांक संकलन गर्नुपर्ने र अपांगता भएका प्रत्येक नागरिकलाई परिचय पत्र उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल अपांग महिला संघले पछिल्लो समय सक्रिय रुपमा कंचनपुरका सातै स्थानिय तहहरुमा अपांगताका हक अधिकार तथा उनीहरुको पहिचान एवं उत्पादनमूखी सीप प्रदान गर्ने गतिविधि गर्दै आईरहेको छ ।
संघले अन्य क्षेत्रमा पनि यस्ता कार्यक्रम गर्ने जानकारी दिदै संस्थाकी अध्यक्ष बिनिता ढुंगानाले स्थानिय सरकारको दायित्व भित्र पर्ने सम्पूर्ण कर्तव्य पूरा गर्न जनप्रतिनिधिहरु जुट्नुपर्ने वताईन् । अध्यक्ष ढुंगानाले आफू स्थानिय निकाय सँग समन्वय र सहकार्य गर्न तयार रहेको बताउँदै नीतिगत रुपमै अपांगता सम्बन्धी कार्ययोजना निर्माण गरेर अगाडि बढ्न नगरपालिका लाई सुझाव दिईन् । ‘हाम्रो प्रयासले मात्रै पुग्दैन्, अपांगका सवालमा हामी सबै सरोकारवाला एकढिक्का भएर लाग्नुपर्छ,उनले भनिन्,संविधानमा भएको व्यवस्थालाई कार्यरुप प्रदान गर्न जनप्रतिनिधिहरुको दायित्व बढी हुन्छ,सहकार्य गर्न हामी तयार छौं’’। स्थानिय सरकार बनेको यतिका लामो समय भईसक्दा पनि अपांगता परिचय पत्र सबै पाउँन नसक्नु र यथार्थ तथ्यांक संकलन हुन नसक्नु दुखद पक्ष भएको उल्लेख गर्दै अगाडि बजेट मार्फत अपांगका सवालमा नगरपालिकाले विशेष रुपमा रणनितिक योजना निर्माण गर्ने विश्वास व्यक्त गरिन् ।कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु, नगरपालिकाभित्रका अपांगता भएका संघ संस्थाका प्रतिनिधिहरु,नगरपालिकाका कर्मचारीहरु लगायत ३० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख दिल बहादुर ऐर र अध्यक्षता उप प्रमुख तुलसी देवी हमालले गरेका थिए ।
नेपाल महिला अपांग संघ कंचनपुरले अन्य पालिकाहरुमा पनि अपाङगता र महिलामैत्री जनगणना आजको आवश्यकता न्यायमूखी कानुनी ढाँचा र आधिकारीक तथ्यांकको लागि सबैको प्रतिबद्धता जोहेर गराउने मुल ध्येयका साथ छलफल कार्यक्रम संचालन गरिने संघका अध्यक्ष अनिता ढुंगानाले जानकारी दिए ।काभिड का कारण लकडाउन र तदपश्चात पनि अपांगहरुको अवस्था अन्यको भन्दा चिन्ता लाग्दो रहेको विभिन्न प्रतिबेदनले देखाएका छन् । छलफल कार्यक्रममा नगरपालिकामा ३२४ जनाले मात्रै अपांगता परिचय पत्र प्राप्त गरेको र अन्य थुप्रै जना अपांगता भएका व्यक्तिहरु आफ्नो अधिकारबाट बञ्चित हुनपरेको बताईएको छ ।

ताजा समाचार