कञ्चनपुर,

कञ्चनपुरका पत्रकारले महिलाको हरेक क्षेत्रमा सहभागिता बृद्धिका लागि संचार क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । शुक्रबार महेन्द्रनगरमा मानव अधिकारका लागि महिला, एकल महिला समुहले आयोजना गरेको ‘महिलाको हरेक क्षेत्रमा सहभागिता अभिबृद्धिका लागि पत्रकार ऐक्यबद्धता अन्तरकृया कार्यक्रममा सहभागि पत्रकारले महिलाको हरेक क्षेत्रमा सहभागिता बृद्धिका लागि संचार क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णूदत्त अवस्थीले उस्तै पनि पत्रकारले सीमान्तकृत, पिछडीको क्षेत्र, उपेक्षित महिला एव एकल महिलाका समस्या उजाकरण र अन्य महिलाको अधिकारका क्षेत्रमा आवाज उठाउने कर्तव्य भएको जाहेर गर्दै संविधान प्रर्दत महिला एव एकल महिलाका अधिकारका क्षेत्रमा थप कलम चलाउने प्रतिबद्धता जाहेर गरेका छन ।मानव अधिकारका लागि महिला, एकल महिला समुहले ‘सीमान्तकृत महिलाको आवाज तथा सहभागिताका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाँउपालिकामा कार्यक्रम संचालन गर्दै आएको छ । मानव अधिकारका लागि महिला, एकल महिला समुहका जिल्ला कार्यक्रम अधिकृत बीर बहादुर नेपालीले सीमान्तकृत महिलाको बृद्धि विकास र हरेक क्षेत्रमा उनीहरुको पहुँच अभिबृद्धिका लागि कार्यक्रम संचलान गरिने बताए ।

महिला त्यसमा पनि एकल महिला अझै पीडित भएकाले उनीहरुको समाजिक,आर्थिक जिवनस्तरबृद्धिका लागि कार्यक्रम मार्फत मुल धारमा ल्याईने बताए । राजनीतिमा जोडिएका वा जनप्रतिनिधी महिलाको क्षमता अभिबृद्धि गराउने, एकल महिलाको बृद्धि विकासका लागि कार्यक्रम संचालन गरिने बताए ।
लकडाउनमा समेत कञ्चनपुरका ३सय एकल महिलालाई राहत वितरण गरिएको बताए । मानव अधिकारका लागि महिला, एकल महिला समुह कञ्चनपुरका अध्यक्ष जानकी जोशीले एकल महिलाको छुट्टै पीडा हुने भएकाले उनीहरुको पीडा सम्बोधनका लागि सरोकारवाला निकाय जिम्मेबारमा जोडदिदै कार्यक्रम मार्फत एकल महिलाको पीडा सम्बन्धीत पक्षमा पु¥याउने बताए । कार्यक्रममा मानव अधिकारका लागि महिला, एकल महिला समुह कञ्चनपुरका सचिव रमा उपाध्याय, सहितका एकल महिला एव पत्रकारको उपस्थिति रहेको थियो ।
