लैङ्गिक हिंसा रोकथाममा जोड

कञ्चनपुर,
कञ्चनपुरका सरोकारवाला निकायले लैङ्गिक हिंसा रोकथाममा जोडदिएका छन् । निड्स नेपाल कञ्चनपुरले शुक्रबार भीमदत्त नगरपालिकामा गरेको अन्र्तरकृया कार्यक्रमका सहभागिले लैङ्गिक हिंसा रोकथाममा जोडदिएका हुन् ।कार्यक्रममा सहभागिले लैङ्गिक हिंसा अन्त्यका लागि व्यक्तिगत रुपमै अघि बढ्नुपर्नेमा सुझाव दिएका थिए । निड्स नेपाल कञ्चनपुरका संयोजक प्रयागराज रेग्मीले ‘लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्र्तरगत छलफल र भीमदत्त नगरपालिका स्तरिय वक्तृत्वकला कार्यक्रम आयोजना गरिएको बताए । उनका अनुसार नगरपालिका पाँच क्षेत्रबाट ५सयदेखि सय शब्दमा अट्ने गरि निबन्ध लेख्नुपर्ने हुन्छ ।लैङ्गिक हिंसा न्यूनिकरणमा पुरुषको भूमिका विषयक निबन्ध प्रतियोगिता हुनेछ । भीमदत्त नगरपालिका १२का वडाध्यक्ष कृष्ण सिह देउवाले लैङ्गिक हिंसा बिरुद्ध सचेतना एव श्रीमान–श्रीमती सहितलाई छलफल गर्नुपर्नेमा जोडदिए । भीमदत्त नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख कुन्ती जोशीले कार्यपत्र प्रंस्तुत गर्दै समतामुलक समाजका लागि लैङ्गिक हिंसामा जोडदिईन । भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले सबैले व्यक्ति, घर परिवार समाजबाटै लैङ्गिक हिंसा थोकथाम गर्नुपर्ने सुझाव दिए ।

ताजा समाचार