गुराँस लाइफ को एकदिने अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

कञ्चनपुर ,
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि महेन्द्रनगर शाखा द्वारा आज आयोजित एक दिने विशेष अभिकर्ता उत्प्रेरणा तालिम कार्यक्रम होटल कलसको सभा हलमा भब्यताको साथ सम्पन्न भएको छ ।
कार्यक्रम को संचालन गुरास लाइफ इन्स्योरेन्स कम्पनी महेन्द्रनगर साखा का बजार प्रमुख देव राज जोशि ले गर्नु भएको थियो भने अध्यक्षता महेन्द्रनगर साखा प्रमुख लक्ष्मी भट्ट थापा ले गर्न भएको थियो, उक्त कार्यक्रममा प्रमुख अतिथि कम्पनी का प्रदेश संयोजक तारा सिह बम र विशिष्ट अतिथि क्षेत्रीय कार्यालयका मार्केटिङ हेड रामेस्वर भट्ट रहनु भएको थियो ।कार्यक्रममा करिब ७५ जना भन्दा बढी अभिकर्ता तथा अभिकर्ता संयोजक हरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रम मा बिसेसगरि बिमा को बिस्व इतिहास देखी हालसम्मको अवस्था र अभिकर्ता का सेवासुबिधा एवं बजार रणनीति का बारेमा जानकारी गराइएको हो।गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ले यो आर्थिक वर्ष मा आक्रमक ब्यासाय गर्दै गइरहेको मानिन्छ, जसको बोनस दर नेपालमा रहेका बिमा कम्पनी हरु मध्ये सर्वाधिक रहेको छ । कार्यक्रम मा बोल्दै प्रदेश संयोजक तारा सिह बम ले आगामी तिन वर्ष भित्र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी हरेक सुचाङ्क का आधारमा पहिलो बन्ने बताउनु भो।

ताजा समाचार