कञ्चनपुर
कञ्चनपुरको उत्तरी चुरे फेद भम्केनी धाममा बन्ने ७५ फिट अग्लो नेपाल आमाको मूर्तिको नमुना निर्माण भएको छ । भीमदत्त नगरपालिका–८ तिलाचौर भम्केनी धाममा बनाईने नेपाल आमाको मूर्तिको नमुना तयार भएको हो ।
निर्माण कम्पनी भ्याली कस्ष्ट्रसन प्रालिले भम्केनीमा बनाईने नेपाल आमाको मूर्तिको तीन नमुना तयार पारेको छ । महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनी धामका सचिव बिर्ख बहादुर मल्लले तयार पारेका तीन नमुना मध्ये एक नमुना छनौट गरिने बताए । ‘हामीले काठमाण्डौँबाट विज्ञ सहितको टोली मगाएका छौँ, ‘सचिव मल्लले भने, ‘विज्ञ टोलीले स्थलगत अनुगमन, अध्ययन एव विश्लेषण गरेर हामीलाई लिखितै प्रतिवेदन दिन्छन, त्यसकै आधारमा छनौट भएको नमुना स्वीकृत गछौँ ।’

सचिव मल्लका अनुसार त्रिभुवन विश्वविद्यालय ईतिहास संस्कृति विभागका प्रमुख प्रा.डा. मदन कुमार रिमाल, ललितकला क्याम्पसका उप प्राध्यापक मूर्तिकार तारा प्रशाद ओझा, ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्ति विभाग प्रमुख लालकाजी लामा, स्टकचर ईन्जिनियर प्रकास गुरार्गा, सहितको विज्ञ टोलीले नमुना मूर्तिको अवलोकलन अध्ययन एव विश्लेषण गरेर छुटपुछट विषय पुरा गर्न सुझाव दिएका छन ।‘विज्ञ टोलीकै सुझाव, सल्लाहका आधारमा मूर्ति छनौट गरेर बाँकी काम अघि बढाउँछौँ, ‘सचिव मल्लले भने, ‘मूर्ति निर्माणका लागि फाउण्डेशन तयार भईसकेको छ, फाउण्डेशनमा राखिने कमलको फुल तयार भईरहेको छ ।’मूर्ति निर्माणका लागि भ्याली कस्ष्ट्रसन प्रालिसंग १० करोड ८१ लाख रुपैया लागतमा ठेक्का सम्झौता गरिएको थियो । बलसन्त जगतगुरुले नेपाल पैदल यात्रा गरेर संकलन गरेको दुई करोड, भीमदत्त नगरपालिकाले एक करोड मध्ये ५० लाख रकम प्रदेश सरकारको एक करोड, संघीय सरकारले ५० लाख रुपैया लगानी गरिसकिएको छ । तीनै तहका सरकारले मूर्ति निर्माणका लागि दिएको रकम अपुग भएको सचिव मल्लले बताए । सचिव मल्लले बजेट अभाव भएकाले थपिदिन समेत तीनै सरकारका जनप्रतिनिधी एव सरकारसंग आग्रह गरेका छन ।

अष्टधातुबाट बनाईने नेपाल आमाको मूर्ति निर्माणका लागि २५ टन तामा आवश्यक पर्ने र अहिले २२ टन मात्रै तामा रहेको छ । साढे तीन बर्षमा मुर्ति निर्माण हुने छ । तर निर्माण कम्पनीले भने २ बर्ष ९ महिनामा मूर्ति निर्माण गरिसक्ने योजना बनाएको छ । मूर्ति निर्माणका लागि विभिन्न प्रकृतिका १२ हजार श्रमिक लाग्नेछन् । तीन रोपनी जमिन क्षेत्रफलमा मूर्ति बनाईने छ । मूर्तिको दायाबाँया गाई र बागको मूर्ति, नेपालको नक्सा, नेपालका राष्ट्रिय प्रतिक चिन्ह र नेपालको सबै तिर्थाटनको प्रतिनिधित्व हुने संग्राहलय निर्माण गरिने छ । चार बर्ष अघि जगतगुरु मोहनशरण देवाचार्यले भम्केनी धामलाई धार्मिक पर्यटकिय गन्तव्य बनाउका लागि मौनब्रत देखि नेपालभर पैदल भ्रमण गरेका थिए ।

जगत गुरुले २०७२ साल ५ बैशाख भम्केनीदेखि नेपाल आमाको मूर्ति निर्माणका लागि महाकालीदेखि मेचीसम्म पैदल यात्रा गरेका थिए । जगत गुरुले महाकाली–मेची पैदल यात्राका दौरानमा एक करोड, ८४ लाख, ७२ हजार ४ रुपैया संकलन गरिएको थियो । प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्ट, सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकास रावल र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले पनि भम्केनी धाममा मूर्ति निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन । प्रतिबद्धता अनुरुप भीमदत्त नगरपालिकाले एक करोड मध्ये ५० लाख, प्रदेश सरकारका तर्फबाट एक करोड, संघीय सरकारका तर्फबाट ५० लाख रुपैया धामलाई प्राप्त भएको छ । तीनै तहका जनप्रतिनिधीले ब्रम्हदेबदेखि भम्केनी हुँदै रौटेलासम्म धार्मिक पर्यटकिय मार्ग सहितको पर्यटन विकासका लागि योजना रहेको बताएका छन ।
भम्केनी धामका अध्यक्ष कृष्ण बहादुर सिहले नेपाल जोड्ने अभियान अन्र्तरगत भम्केनीमा भूर्मि निर्माण हुन लागेको बताए । ‘सबै नेपालीलाई एक शुत्रमा बाध्नका लागि नेपाल आमाको मूर्ति बनाउन लागेका हौँ, ‘उनले भने, ‘यसमा सबै नेपालको अपनत्व छ ।’ पुर्वमा चतराधाम र पश्चिममा नेपाल आमाको मूर्ति बनाईने लागेको बताउदै उनले यसबाट सबै नेपालीलाई एकसुत्रमा जोड्ने बताए । स्थानीय एव धाम समितिका सदस्य खगेश्वर केसीले पौराणिक शक्तिपिठको रुपमा रहेको भम्केनीलाई विकसित गराउनका लागि चार बर्षदेखि स्थानीय जागरुक भएको बताए । उनले धार्मिक पर्यटकिय सम्भावना बोकेको भम्केनी ओझेलमा परेकोले विकासका लागि अनुष्ठान आयोजना गरिएको बताए । परापुर्वकालिन समयमा यहाँ भकभक गरेर पानी निस्कन्थ्यो, उनले भने, ‘त्यसबाटै यसको नाम भम्केनी रहेको हो ।’
किम्बदन्ती अनुसार भम्केनीमा ६ कुण्ड थिए, जसमध्ये ५ पाण्डप र १ द्रोपतिको कुण्ड थियो । भिमले १ द्रोपतिका लागि नुहाउन कुण्ड बनाएको बताउदै संयोजक ऐरले अहिले पनि भम्केनीमा पौराणिक ६ कुण्ड रहेका छन् । जसबाट स्थानीयले पानी पिउने गरेका छन् । भम्केनीलाई विकसित गराएर बाह्य देशका पर्यटक ल्याउन सके यस क्षेत्रको आर्थिक विकास हुने उनको भनाई छ । प्राचिन धार्मिक पर्यटकिय क्षेत्रको विकास गर्न सके आर्थिक विकास हुने उनले आशा व्यक्त गरेका छन । भारतको उत्तराखण्ड चम्वावतको पुर्णागिरीमा लाग्ने मेलामा आउने धर्मालम्बीलाई ब्रम्हदेब भम्केनी बिष्णू धाम हुँदै गोदाबरीसम्म ल्याउन सकिने हिसाबले भम्केनी धामको विकास गर्न खोजिएको छ । भम्केनीको धार्मिक पर्यटकिय विकासका लागि समेत स्थानीय जागेका छन् ।
