असंवैधानिक गतिविधि तत्काल रोक्न सरकारलाई नेपाली कांग्रेसले चेतावनी

महेन्द्रनगर

वर्तमान सरकार संविधान विरोधी गतिविधिमा लागिरहेको र सर्वसत्तावाद तर्फ उन्मुख हुदै गईरहेकोले देशको जिम्मेवार प्रतिपक्षको रुपमा रहेको पार्टी नेपाली कांग्रेस यस्ता असंवैधानिक गतिविधि तत्काल रोक्न सरकारलाई सचेत गरेको छ । बिहिवार अबेर साँझ नेपाली काग्रेंस कञ्चनपुर जिल्ला सभापती हरि प्रसाद वोहराले एक बिज्ञप्ती जारी गरि यस्तो असोभनिय गतिबिधी तत्कालै रोक्न बर्तमान सरकारलाई सचेत गराएका छन् । तनहुँ जिल्लाको दमौलीमा भएको घटना प्रति नेपाली काग्रेस, कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको भन्दै आफ्नो पार्टीका बरिष्ठ नेता पूर्व सभामुख, पूर्व उप–प्रधानमन्त्री रामचन्द्र पौडेल लगाएत नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापती जीत प्रकाश आले लगाएत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरु माथी सरकार पक्षवाट भएको अमानवीय कार्य र दुव्र्यवहारको नेपाली काग्रेस कञ्चनपुर घोर भत्र्सना तथा निन्दनिय भएको नेपाली काग्रेंस कञ्चनपुरको जारी प्रेस बिज्ञप्तीमा भनिएको छ् । ‘यहि २०७७ साल मंसीर १७ गते तनहुँ जिल्लाको दमौलीमा भएको घटना प्रति नेपाली कांग्रेस, कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाली कांग्रेस सधै संविधान सभावाट निर्मीत संघिय लोकतन्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधानमा उल्लेखित नागरिकका मौलीक हक र कर्तव्यको समानरुपमा पूर्ण पालना हुनुपर्दछ भन्ने पक्षमा रहदै आएको छ । तर वर्तमान सरकार संविधान विरोधी गतिविधिमा लागिरहेको र सर्वसत्तावाद तर्फ उन्मुख हुदै गईरहेकोले देशको जिम्मेवार प्रतिपक्षको रुपमा रहेको पार्टी नेपाली कांग्रेस यस्ता असंवैधानिक गतिविधि तत्काल रोक्न सरकारलाई सचेत गराउन चाहान्छ । यहि मंसिर १७ गते तनहुँ जिल्लाको व्यास नगरपालिकामा हाम्रो पार्टीका वरिष्ट नेता, पूर्व सभामुख, पूर्व उप–प्रधानमन्त्री आदरणीय रामचन्द्र पौडेलज्यूवाट पूर्व निर्धारित कार्यक्रम अनुसार पुलको समुद्घाटन कार्यक्रमका लागी जाने क्रममा श्रद्घेय वरिष्ट नेता श्री राम चन्द्र पौडेल, नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति श्री जीत प्रकाश आले लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरु माथी सरकार पक्षवाट भएको अमानवीय कार्य र दुव्र्यवहारको नेपाली काग्रेस कञ्चनपुर घोर भत्र्सना तथा निन्दा गर्दछ ।

वर्तमान सरकार गठन भए यता आफु आन्तरिक घर झगडामा मात्र रमाई रहेको र विगतको नेपाली कांग्रेसको सरकारका पालामा प्रारम्भ भएका विकास निर्माणका कार्यहरुको जस मात्र आफुले लिन खोज्ने काम बाहेक नयाँ विकास निर्माणका कार्यहरु थालनी गर्न नसकेको कुरा कहि कतै वाट लुकेको छैन । यस्तो परिस्थितिमा प्रतिपक्षको लोकप्रियतावाट आत्तीएको वर्तमान सरकार अफ्ना कमीकमजोरी ढाकछोप गर्न प्रत्यक्ष दमनमा उत्रीनु दरिद्र मानसिकताको उपज र राष्ट्रिय लज्जाको विषय होे भन्ने हाम्रो ठहर रहेको छ । त्यसैले तनहुँमा घटेको घटनाका सम्वन्धमा सरकारले माफी माग्नु पर्ने र त्यसमा संलग्न व्यक्ती माथि अविलम्व कडा भन्दा कडा कारवाही गरिनु पर्दछ अन्यथा कञ्चनपुर जिल्लामा सरकारका तर्फवाट संञ्चालित सम्पूर्ण कार्यक्रम सञ्चालन गर्न नदिने र सरकारका अधिकारीहरुलाई जिल्लामा निषेध गरिने जस्ता आन्दोलनका कार्यक्रम गरिने समेत चेतावनी दिन चाहान्छौ ।’ नेपाली कांग्रेस कञ्चनपुर जिल्ला सभापति हरि प्रसाद बोहराद्वारा हस्ताक्षरित बिज्ञप्ती भनिएको छ ।

ताजा समाचार