दोधारा चाँदनीमा अपांगता दिवसको अवसरमा सरोकारवाला संग अभिमुखिकरण

दोधारा 

२९ औं अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा सरोकारवाला संग एक दिने अभिमुखिकरण कार्यक्रम माहाकाली नगरपालिकामा सम्पन्न भएको छ् ।माहाकाली नगरपालिका कार्यालयको आयोजना र नेपाल अपांग महिला संघको सहकार्यमा २९ औं अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा सरोकारवाला संग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । ‘कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको शुनिश्चतता  अपांग भएका ब्यक्तीहरुको पहुँच र दिगो बिकासको लागी हामी सबैको प्रतिबद्धता’ भन्ने नारा सहित मनाईएको अन्तराष्ट्रिय अपांगता दिवस सम्बन्धी अन्तरकृया कार्यक्रममा सरोकारवालाहरुले कुनै पनि शारिरीक अपांगता भएका ब्यक्तीहरुको बर्गिकरण, अनुदान सहयोग, अपांगता मैत्री कार्यालय र सेवा सुबिधाहरुलाई पारदर्शी, समानुपातिक र समावेशीको आधारमा बितरण गर्नु पर्ने र अपांगता भएका ब्यक्तीहरुले ब्यवसायिक कार्यहरु गर्न चाहेको अवस्थामा प्रोत्साहन स्वरुप सहज रुपले सेवा प्रदान गर्नु पर्ने बिषयहरु माथी सवाल उठाएका थिए ।कार्यक्रममा माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले अवसर र सीप प्रयोग गर्न सके कुनै पनि अपांग ब्यक्तीहरु कुनै क्षेत्रमा पछि नपर्ने बताउदै आफुमा सीप छ र आफुले केही गर्न सक्छु भन्ने आत्मबलका साथ समाजको हरेक गतिबिधीमा सरिक भई ब्यवसायिक रुपमा सिपको प्रयोग गर्नु पर्ने बताएका छन् । आत्मनिर्भरका लागि ब्यवसायिक कार्य गर्न चाहने अपांगता भएकाहरुलाई माहाकाली नगरपालिकाले आर्थिक र भौतिक तथा सीप साक्षरताको तालिम समेत उपलब्ध गराउने माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले बताएका छन् । अपांगता भएका ब्यक्तिहरु सामुहिक रुपमा योजना बनाएर सामुहिक लगानीको योजना लिएर आए माहाकाली नगरपालिकाले सहयोग गर्ने उनले बताएका छन् । अब माहाकाली नगरपालिकाले संचालन गर्ने सीप बिकासको तालिममा सहभागी दक्ष बनी सपांग सरह सिपको प्रयोग गर्नको लागि मनमा आत्मबल निकाल्न सक्नु पर्ने नगर उपप्रमुख गिरीको भनाई रहेको छ् ।अपांगता दिवसको अवसरमा सरोकारवाला संग एक दिने अभिमुखिकरण कार्यक्रममा माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी, माहाकाली नगरपालिका कार्यालय प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्र, अपांग महिला संघ कञ्चनपुरका अनिता ढुङ्गाना, माहाकाली नगरपालिका कार्यालय महिला तथा बालवालिका शाखाका शाखा प्रमुख डम्मरा पन्त लगाएत माहाकाली नगरपालिकाका ४० जना अपांग भएका महिला तथा पुरुषको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रमको उद्धघाटन सत्रको कार्यक्रम संचालन अम्मरा जोशीले गरेका थिए भने सहजीकरण अपांग महिला संघ कञ्चनपुरका अनिता ढुङ्गाना र रमेश भण्डारीले गरेका थिए ।

 

 

ताजा समाचार