दोधारा

माहाकाली नगरपालिका क्षेत्रमा स्वतन्त्र देशभक्त समाजले बृहतरुपमा मोटरसाईकल ¥याली गर्ने भएको छ् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुभेच्छुक संस्थाका रुपमा स्थापित स्वतन्त्र देशभक्त समाजले आउदो शनिवार माहाकाली नगरपालिका क्षेत्रमा बृहत मोटरसाईकल ¥याली गर्ने भएको छ् । हिन्दु राष्ट्र पुन : स्थापना, संघियताको खारेजी र संबैधानिक राजतन्त्रको स्थापना माँग सहित माहाकाली नगरपालिकाका सडकहरुमा नेपालको राष्ट्रिय झण्डा फहराउदै सडक तताउने तयारीमा स्वतन्त्र देशभक्त समाज जुटेको स्वतन्त्र देशभक्त समाजका माहाकाली नगर अध्यक्ष रमेश चन्दले जानकारी दिएका छन् ।


माहाकाली नगरपालिकाको साबिकको चाँदनी गाबिस कार्यालय प्रांगणबाट ¥याली संचालन भई माहाकाली नगरपालिका वडा नं. १० कुतियाकवर क्षेत्र हुदै पुन: चाँदनी गाबिस कार्यालयको प्रांगणमा कोण सभामा परिणत हुने स्वतन्त्र देशभक्त समाज माहाकालीका नगर अध्यक्ष रमेश चन्दले बताएका छन् । मोटरसाईकल ¥यालीको लागी आज माहाकाली नगरपालिकाको साबिकको चाँदनी गाबिस कार्यालयको प्रांगणमा छलफलको आयोजना गरिएको छ् । छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य हेम बाबु लेखक, गजेन्द्र चन्द, दशरथ जोशी, ईन्द्र बहादुर खत्री, शान्तीमाया सुनुवार लगाएत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माहाकालीका नगर अध्यक्ष बिर बहादुर थापा, सचिव रबि गिरी, स्वतन्त्र देशभक्त समाज माहाकालीका नगर अध्यक्ष रमेश चन्द लगाएत युवाहरुको बाक्लो सहभागीता रहेको थियो ।

देशमा मौलाउदै गएको भ्रष्टाचार, बलत्कार, महंगाई, तरल राजनितिको बिरुद्ध ¥यालीको आयोजना गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनाएको छ् । छलफलमा ¥यालीको तयारी, पार्टीमा युवाहरुको बढ्दो सहभागिताको बारेमा समेत छलफल गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माहाकालीका नगर सचिव रबि गिरीले जनाएका छन् । मोटरसाईकल ¥यालीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला, क्षेत्रीय तथा केन्द्रीय स्तरका नेता सहभागी रहने बताईएको छ् ।






