खाद्य अधिकार अनुगमन खाका सम्वन्धी अभिमुखीकरण सम्पन्न

अनमोल भट्टराई /धनगढी

बाच्न पाउने अधिकारको आधार : खाद्य अधिकार भन्ने मुल नारा सहित खाद्य अधिकार सञ्जालका प्रतिनिधिहरु विच खाद्य अधिकार अनुगमन खाका सम्वन्धी अभिमुखीकरण सम्पन्न भएको छ । फियान नेपालको आयोजना र खाद्य अधिकार सञ्जाल सुदुरपश्चिमको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रममा वोल्दै प्रदेस सभा सदस्य अमर साउँदले खाद्य अधिकारको विषय एउटा एजेण्डा नै बनाएर संसदमा ल्याउन सरकारलाई झक्झकाउने बताउनुभयो । त्यस्तै प्रदेससभा सदस्य माया तामाङले खाद्य अधिकारका सवालहरु आफैमा एक महत्वपुर्ण विषय रहेकाले सो विषयमा सरकारको पनी ध्यानकार्षण हुन जरुरी रहेको बताउनुभयो ।

त्यस्तै प्रदेससभा सदस्य महेस जोशीले खाद्य अधिकारको बिषयमा आज सम्म संसदमा कसैले पनी आवाज नउठाएको भन्दै यस बारेमा आफुहरु पनी अनविज्ञ नै रहेको बताउनुभयो। उहाँले कार्यक्रममा आफुले खाद्य अधिकारका सवालमा धेरै कुराहरु सिक्न पाएको बताउदै अव सरकारलाई छिट्ट कानुन निर्माणका लागी पनी पहल गर्ने बताउनुभयो। उहाँले चामललाई मात्रै खाद्यन्न संग जोडेर हेर्ने हाम्रो बानीले स्थानीय स्तरमा उत्पादन भएका कोदो, मकै गहुँ फाफर लगायतका वालीहरु हराउदै गएको प्रति पनी चिन्ता ब्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथी प्रदेसका पुर्व सामाजीक विकास मन्त्री दिर्घ सोडारीले सरकारले नै सदन सम्म विषयवस्तु ल्याउने र आवश्यकीय कानुन निर्माण गर्ने भएकाले सम्वन्धित मन्त्रालयमा आफुहरुले ताकेता गर्ने बताउनुभयो। धनगढी बसेर पहाडी जिल्लाका वारेमा थाहा नहुने भन्दै वस्तुगत अवस्थाका बारेमा जानकारी लिई जनताको लागी कानुन निमाण गर्नुपर्नेमा सरकारले जोड दिनुपर्ने बताउनुभयो।

कार्यक्रमको सभाध्यक्ष समेत रहनु भएका फियान नेपालका कार्यकारी निर्देशक अशोक सिहले खाद्य अधिकारको सवालमा मिडीयाहरुले पनी आवाज उठान गर्नुपर्नेमा जोढ दिनुभयो। पत्रकारले नेताका कुराभन्दा पनी नागरीकको जनजिविका संग जोडएिको गाँस, बाँस कपास लगायतका आवश्कीय विषयवस्तुमा आबाज उठाएर सरकारलाई समस्या देखाउन जरुरी रहेको बताउनुभयो। कार्यक्रममा खाद्य अधिकार अनुगमनमा सरोकारवाला निकायको भुमीका र अनुगमन खाका सम्वन्धमा फियानका कानुन तथा क्षमता विकास अधिकृत मुकुन्द रानाले प्रस्तुती गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन खाद्य अधिकार सञ्जाल सुदुरपश्चिमका सदस्य देवि खनालले गर्नुभएको थियो। कार्यक्रममा खाद्य अधिकार सञ्जालका प्रतिनिधि, पत्रकार, सरोकारवाला निकायका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो।

ताजा समाचार