दोधारा चाँदनीको पथरिया नाला पुल निमार्णले आफुहरुलाई उठिबास बनाएको भन्दै पुल अबरु


दोधारा

माहाकाली नगरपालिकाको पथरिया नाला पुल निमार्ण पछि आफुहरु उठिबास भएको भन्दै स्थानियहरु आन्दोलित भएका छन् । माहाकाली नगरपालिका वडा नं. ६ धामीटोल नजिक रहेको पथरिया नालामा निमार्ण भएको पुलको उचाई बढी भएको संगै पुल निर्माणले आफ्नो जग्गामा बाटो निमार्ण भएको भन्दै झण्डै २० दिन देखि पुल क्षेत्रमा स्थानियहरुले आवात जावत ठप्प बनाउदै स्थानियहरु आन्दोलित हुदै आएका छन् । आवात जावत अबरुद्ध भएपछि स्थानियहरुलाई हिडडुल गर्न सास्ती भएको छ् । आफु संग भएको गरिखाने जग्गामा पुलको बाटो निमार्ण कार्य गरेको भन्दै स्थानियहरु धामी टोल नजिकको पुल क्षेत्र अबरुद्ध गरि आन्दोलनमा उत्रेका छन् । याम बहादुर गुरुङ्गको ४ कट्टा जग्गा, चन्द्र बहादुर शाहीको १ कट्टा जग्गा, दल बहादुर शाहीको १ कट्टा जग्गा, रन बहादुर शाहीको २ कट्टा लगाएत स्थानियको जग्गा क्षेत्रमा पुलको बाटो निमार्ण भएको बताईएको छ् । जग्गा धनीपुर्जा रहेका स्थानियहरुको जग्गामा पुल निमार्ण भएपछि स्थानियहरुले झण्डै २० दिन देखि धामीटोल नजिक बाटो र पुल बन्द गरेर आन्दोलनमा उत्रेका उनिहरुले बताएका छन् । आर्थिक वर्ष २०७३/०७४ मा ठेक्का सम्झौता भई निमार्ण कार्य अघि बढाईएको थियो । संघिय सरकारको कार्यक्रम अनुसार सडक डिभिजन कार्यालयले निमार्ण कार्यलाई अघि बढाएको हो ।

स्थानियबासी चन्द्र बहादुर शाहीका अनुसार आफुहरुले निमार्ण कम्पनी, ईन्जिनियर तथा जनप्रतिनिधीहरुलाई समय समयमा पुलले स्थानियहरुलाई पार्ने समस्याको बारेमा जानकारी गराउदै आएपनि उनिहरुले आफुहरुको कुराको बेवास्था गर्दै आएको बताएका छन् । आफुहरुले प्रतिनिधी सभा सांसद दिपक प्रकाश भट्ट, प्रदेश सभा सांसद मान बहादुर सुनार, माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार लगाएत जनप्रतिनिधीहरुलाई पुल निमार्णको कारण आफुहरु बिस्तापित हुने अवस्था आएको बताउदै आएपनि उनिहरुले खासै चाँसो नदेखाएको स्थानियहरुको आरोप रहेको छ् । २५ मिटर लामो, ७ मिटर अग्लो पुल निमार्ण कार्यको जिम्मा मालिका निमार्ण सेवा प्रालिले लिएको हो । पुल निमार्ण झण्डै सवाँ ३ करोड रुपिँयाको बताईएको छ् । पुल निकै अग्लो भएको कारण पुल बाटो स्लोव बनाउन स्थानियहरुको जग्गा अतिक्रमण भएको हो । स्थानियहरुले पुल क्षेत्रमा काठका गोलिया बाटोमा तेस्राउनुको साथै बाटोमा ठुला खाल्डो खनेर बाटो अबरुद्ध गरेका छन् । पुल निमार्ण संगै आफ्नो जग्गाको समस्या राख्दै केही दिन अघि प्रतिनिधी सभा सांसद दिपक प्रकाश भट्ट, प्रदेश सभा सांसद मान बहादुर सुनार, माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार संगै छलफल गर्दै स्थालगत अनुगमन गर्न लगाएका थिए । रन बहादुर शाहीका अनुसार थोरै जग्गा भएका जग्गा धनीको जग्गामा पुलको बाटो बनेपछि उनिहरुको उठिबास हुने भएको बताएका छन् । माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले पुल निमार्णले सृजित समस्याका लागी प्रतिनिधी सभा सांसद, प्रदेश सांसद, नगर प्रमुखले स्थलगत अनुगमन गरिसकेका बताएका छन् ।

स्थानियहरुले पुलमा निमार्ण कार्य अझै ब्यवस्थीत गर्नु पर्ने र जग्गा धनीहरुलाई जग्गाको उचित क्षतीपुर्ती दिईनु पर्ने माँग राखेका छन् । थोरै जग्गा भएकाहरु स्थानियहरुको पुल निमार्णले जग्गा मासिएपछि उनिहरु जग्गा बिहिन भएर सडकमा आउने अवस्था श्रजना भएको बताउदै गरिबहरुको जग्गाको क्षतीपुर्ती नदिए सम्म पुल क्षेत्रको सडक अबरुद्ध हुने दल बहादुर शाहीले बताएका छन् । ‘हामीले सांसदहरुलाई समेत आफ्नो समस्या राख्दा पनि बेवास्था गरेको कारण मजबुरी पुल क्षेत्रका बाटोहरु अबरुद्ध गरि आवागमन ठप्प पारेका हौं’ स्थानियबासी दल बहादुर शाहीले भने– ‘यदि सरकारले गरिबको माँगलाई बेवास्था गरे हामी चरणबद्धरुपमा आन्दोलनमा उत्रिने छौं ।’ स्थानियहरुले आफ्नो समस्याको हल गरिदिन बारम्बार तिनै तहका सरकारलाई गुहार्दै आएका छन् । आज प्रदेश सभा सांसद मान बहादुर सुनार, माहाकाली नगरपालिका नगर प्रमुख बिर बहादुर सुनार, माहाकाली नगरपालिका प्रशाकिय अधिकृत गणेश मिश्र, माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजाली लगाएत प्राबिधिक टोलीले पुलको अवस्था र पुल निमार्ण पछि सृजित समस्याको बारेमा अवलोकन गरेको हो । उनिहरुले स्थानियहरु संग छलफल गरेका छन् । टोलीले स्थानियहरु संग पुल अबरुद्धको बिषयमा सहमती गर्ने प्रयास गरेका थिए । आक्राशित स्थानियहरुले बारम्बार पुल निमार्णले गरिब परिवार सडकमा आउने समस्या राख्दै आएपनि बेवास्था गरेको भन्दै आफुहरुको जायज माँगलाई सम्बोधन नगरेर ‘जे पनि हुन सक्ने’ चेतावनी दिएका छन् ।


ताजा समाचार

spot_img