सांसद भट्टले गरे दोधारा चाँदनीको १५ सय्याको अस्पतालको शिलान्यास

स्वास्थ्य क्षेत्रमा फड्को

दोधारा 

माहाकाली नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई अस्पतालमा स्तरोन्नति गरि १५ सय्या अस्पताल निमार्ण कार्यको शिलान्यास गरिएको छ् । माहाकाली नगरपालिका वडा नं. ६ (साबिकको दोधारा–३) को गौचरन जग्गा (पुर्णागिरी उपभोक्ता समुहको मातहतमा रहेको) मा १५ सय्या अस्पताल निमार्ण कार्यको आज प्रतिनिधी सभा सांसद डा. दिपक प्रकाश भट्टले बिधिवतरुपमा शिलान्यास गरेका हुन् ।

माहाकाली नगरपालिका वडा नं. ६ स्थित महाकाली नदीको छेउमा रहेको सिट नं. ०२६००९०, कित्ता नं. ८२ को जग्गा मध्येबाट उत्तर तर्फको २ बिघाह (१३५४२.२६ बर्गमिटर) जग्गाको शिलान्यास कार्यक्रममा प्रतिनिधी सभा सांसद डा. दिपक प्रकाश भट्ट, प्रदेश सभा सांसद मान बहादुर सुनार, माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नगर उप्रमुख चिनी ओझा गिरी, पुर्व सांसद ईन्द्र बहादुर खत्री लगाएत वडा अध्यक्ष, सत्तारुढ दल नेकपाका प्रतिनिधी, नेपाली काग्रेंसका प्रतिनिधी, पुर्णागिरी उपभोक्ता समुहका पदाधिकारी, स्थानिय तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । अहिले सम्म अस्पताल नभएका सबै स्थानीय तहमा ५, १० र १५ सय्याका आधारभूत अस्पताल बनाउने योजनामा सरकारले रु. ५८ अर्ब बजेट अनुमान गरिएको यो आयोजनाबाट देशभरी एकै डिजाइनका सबै अस्पताल दुई वर्ष भित्र सञ्चालन गर्ने लक्ष्य ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य सहित सरकारले सातै प्रदेशमा एकैपटक ३ सय ९६ आधारभूत अस्पतालको शिलान्यास गरेको बताईएको छ् ।

सरकारले गरेको यो कार्यलाई स्वास्थ्य क्षेत्रमा ‘ठूलो क्रान्ति’ रहेको प्रतिनिधी सभा सांसद डा. दिपक प्रकाश भट्टले बताएका छन् । स्वास्थ्य सेवामा अहिले सम्मकै ठूलो काम हुन गईरहेको उनको भनाई रहेको छ् । ‘यसलाई स्वास्थ्य क्षेत्रमा क्रान्तिनै भन्दा हुन्छ् । उपचारात्मक सेवामा यति ठूलो काम अहिले सम्म भएको छैन,’ उनले भने । सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गरिन लागेको प्रतिनिधी सभा सांसद डा. दिपक प्रकाश भट्टको भनाई रहेको छ् । सांसद भट्टले आफुहरुले चुनावको बेला गरेको प्रतिबद्धता पुरा गर्दै लगेको बताएका छन् । अहिलको दुई वर्ष भित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको योजना छ् । स्थानीय तहमा अस्पतालको भवन निमार्णको लागी सरकारले यो बर्ष रु. ६ अर्ब १२ करोड २६ लाख निकासा गरेको छ्  । अस्पताल निर्माण र उपकरण जडान गर्न करिब रु. ५८ अर्ब खर्च हुने अनुमान छ् ।

अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरिसकेको छ । १५ शय्याको अस्पतालमा तिन जना मेडिकल अफिसर सहित २७ स्वास्थ्यकर्मी खटिने छन् । सबै अस्पतालबाट गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने बताईएको छ् । आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रिया सहितको सेवा अस्पतालले दिनेछन् । संघीय सरकारको बजेट र डिजाईनमा स्थानीय सरकारले काम गरिरहेकाले यो संघीयता कार्यान्वयनको सफल उदाहरण पनि भएको कार्यक्रममा बताईएको छ् । केही दिन अघि मात्रै १५ सय्याको अस्पताल निमार्णको प्रकृया अघि बढाउन माहाकाली नगरपालिकामा ५ सदस्यीय कार्य दल समेत गठन गरिएको थियो । माहाकाली नगरपालिका कार्यपालिकाको बैठकले माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो । सदस्यमा माहाकाली नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनार, वडा नं. ३ वडा अध्यक्ष पुष्कर दत्त जोशी, कार्यपालिका सदस्य नन्दलाल सुनार रहेको कार्यदलले गौचरन जग्गामा अस्पताल बनाउने तयारीमा जुटेको हो ।

‘प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति भए संगै अब स्वास्थ्य सेवा ब्यवस्थापन गरेर शल्यक्रिया सेवा यहीबाट सुरु हुन्छ, अब बिरामीले अन्यत्र जानु पर्ने बाध्यता हटेर जानेछ ।’ कार्यक्रममा बक्ताहरुले बताएका छन् । सञ्चालनमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको स्तरोन्नती गरि हाल १५ सय्याको अस्पताललाई माहाकाली नगरपालिका वडा नं. ६ महाकाली नदी नजिक ब्यवस्थीत भवन सहित स्वास्थ्य सुबिद्या सम्पन्न बनाएर सञ्चालन ल्याउनको लागी २ बिघाह गौचरन जग्गामा अस्पताल निर्माणको शिलान्यास भएपछि स्थानियहरु खुशी छाएको छ् । कोभिड १९ को संक्रमण संगै धेरै बिरामीको चाप हुने स्वास्थ्य केन्द्र दोधाराका रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी थप गुणस्तरीय सेवा पाउने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

दक्ष र अनुभवी चिकित्सकद्वारा आफ्नै गाँउ–ठाँउमा स्वास्थ्य सेवा लिन पाउने भएपछि समय र खर्चको बचत हुनाका साथै स्वास्थ्य उपचारको अभावकै कारण अकालमै ज्यान गुमाउने पीडादायी अवस्थाको पनि अन्त्य हुने स्थानीयवासीको विश्वास छ् । अस्पतालका रुपमा स्तरोन्नति नहुदै पनि प्राथमिक स्वास्थ्य केन्द्रबाट ओपिडी सेवा, ईमर्जेन्सी सेवा, प्रसूति सेवा, ल्याब सेवा, एचआईभी उपचार तथा एआरटी सेवा, क्षयरोग जाँच सेवा, प्याथोलोजी, रगत, खकार, भिडियो एक्स–रे, एक्स–रे सेवा, फार्मेसी सेवा, निःशुल्क सुरक्षित गर्भपतन सेवा, शवपरीक्षण, एम्बुलेन्स सेवा लगाएत सेवाहरु दिदै आईरहेको छ् ।

ताजा समाचार