नक्कली परिक्षार्थी पक्राउ

कञ्चनपुर

नेपाल आर्मीको सेन्य दर्जाको लागि लिखित परीक्षामा नक्कली परिक्षार्थी बनेर परीक्षा दिई रहेको अवस्थामा नक्कली विद्यार्थीै र सक्कली विद्यार्थी दुवै प्रकाउ परेका छन् ।

मंसिर १३ गते दिउँसो १ः०० बजे देखी ३ः३० बजेसम्म भीनपा–४ कञ्चन विद्या मन्दिरमा सञ्चलान भएको नेपाल आर्मीको सेन्य दर्जाको लागि लिखित परीक्षामा नक्कली परिक्षार्थी बनेर जिल्ला डोटी सायल गा.पा.वडा नं. ६ बस्ने बर्ष २२ को सुमन खड्काले जिल्ला बझाङ् दुर्गाथलि गा.पा. वडा नं. ४ बस्ने बर्ष २२ को मुकेश भण्डारीको परीक्षा दिई रहेको अवस्थामा दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ल प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार