महेन्द्रनगर
सानिमा लाइफ इन्स्यारेन्स कम्पनी महेन्द्रनगर शाखाले घरमै गएर दाबी भुक्तानी रकम प्रदान गरेको छ । कम्पनीले भिमदत नगरपालिका १८ का स्व सन्जीब भट्ट का आमा लक्ष्मी देबी भट्ट ले भुक्तानी वापतको २० लाख ४५ हजार प्रदान गरेको छ । प्रदेश प्रमुख गणेश प्रसार उप्रेती अध्यक्षतामा कार्यक्रम गरी रकम हस्तान्तरण गरेको छ ।

महेन्द्रनगर शाखाका शाखा प्रबन्धक रोशन भट्ट ,बजार अधिकारी गणेशराज जोशी र सहित वरिष्ठ एजेन्सी मेनेजर पुस्प राज भट्ट वरिष्ठ एजेन्सी मेनेजर अम्बा दत्त जोशी , लगायतका स्थानीय सहभागी भएका छन् ।

कार्यक्रमको भट्ट प्रति श्रद्धाञ्जली व्यक्त गर्दैै परिवारलाई समवेदना समेत प्रदान गरिएको छ । विरामी भएर मृत्यु भएका भट्ट २०७६ बैशाख मा दस लाखको बीमा गरेको थियो । भट्टले हालसम्म दुई किस्ता वापतको १ लाख २ सय ५४ कम्पनीमा जम्मा गरेका थिए । भट्टको २०७७ कात्तिक ०९ मा मृत्यु भएको थियो ।

