कञ्चनपुरमा नक्कली नोटसहित एक जना यूवक पक्राउ

कञ्चनपुरमा नक्कली नोटसहित एक जना यूवक पक्राउ परेका छन् । शनिवार साँझ साढे सात बजे भीमदत्तनगर–१८बस्ने २४ वर्षका दिपक नाथलाई गोबरिया स्थित अरुण शाहको पसलमा सरसमान किनिरहेको अवस्थामा कंचनपुर प्रहरीले नोटसहित प्रक्राउ गरेको हो ।

नाथलाई बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले रितपुर्बक खानतलासी गर्दा उनको साथमा नक्कली जस्तो देखिने रु १ हजार दरको नोट थान ३ बरामद गरिएको कंचनपुर प्रहरीले जनाएको छ ।

जिल्ला अदालत कंचनपुरबाट मुद्धा सम्बन्धी कसुर मुद्धामा ५दिन को म्याद थप गरी अनुसन्धान कार्य भईरहेको कंचनपुर प्रहरी प्रवक्ता अमर वहादुर थापा क्षेत्रीले जानकारी दिए ।

ताजा समाचार