नेपाल परिवार नियोजन शाखा कञ्चनपुरका एक प्राविधिकलाई कोरोना देखिए पछि तिन दिन कार्यालय बन्द

कञ्चनपुर

नेपाल परिवार नियोजन शाखा कञ्चनपुरका एक प्राविधिकलाई कोरोना देखिए पछि शनिबार देखि ३ दिन सोमबार सम्म कार्यालय बन्द गरिएको छ ।

लामो समय देखि काम गर्दै आइरहेका उनलाई कोरोना देखिए पछि कार्यालय बन्द गरेकोे कार्यालय अधिकृत वाशुदेव विष्टले बताए ।

अरुलाई कोरोनाको जोखिम बाट बचाउन र कार्यालयलाई कोरोना मुक्त गर्नको लागि तिन दिन बन्द गरिएको हो र मंगलबार देखि सबै काम सञ्चालनमा आउने विष्टले बताए ।

ताजा समाचार