नेपाल प्रेस युनियन कञ्चनपुरका सचिव मनोज भट्टलाई सुचना तथा प्रचार बिभागमा संयोजकको जिम्मेवारी

कञ्चनपुर

नेपाली काँग्रेस सुभेच्छुक संस्थाका रुपमा स्थापित नेपाल प्रजातान्त्रिक महासंघले सुचना, प्रविधि तथा प्रचार बिभागको संगठन सुदूर पश्चिममा बिस्तार कार्य तीब्र पारेको छ । महासंघले सुदूर पश्चिमको कञ्चनपुर जिल्लामा नेपाल प्रेस युनियन कञ्चनपुरका सचिव मनोज भट्टलाई सुचना तथा प्रचार बिभागमा संयोजकको जिम्मेवारी दिएको छ ।

त्यसै गरि बिभागको शाखाको सचिवमा पप्पु गुरुङ लाई जिम्मेवारी दिइएको छ । सदस्यहरुमा प्रेस युनियन कञ्चनपुर शाखाका सदस्यहरु वीरबहादुर सिंह, ऐश्वर्य कुँवर र जयबहादुर ऐरलाई जिम्मेवारी दिइएको महासंघकी केन्द्रिय सदस्य एवं सुचना प्रविधि तथा प्रचार बिभाग प्रमुख रोजी ढकाल पराजुलीले बताईन ।

महासंघले आफ्नो संगठन सबै जिल्ला र तहहरु सम्म बिस्तार गरि पार्टीलाई बलियो बनाउन भुमिका निर्वाह गर्ने नीति अनुसारनै सुदूर पश्चिममा पनि बिभागको बिस्तार थालिएको प्रदेश संयोजक दीपेन्द्र बस्नेतले जनाए । हाल सम्म बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा, बाजुरा र कञ्चनपुरमा बिभागको शाखा बिस्तार गरिएको र अन्य बाँकी रहेका जिल्लाहरुमा लगत्तै शाखा बिस्तार गरिने संयोजक बस्नेतले जानकारी दिए ।

ताजा समाचार