राष्ट्रिय सभा सदस्य माननीय ईन्दु कडरीयाद्वारा सिलाई मेसिन सहयोग

पुनर्वास

पुनर्वासमा बुधबार राती बिधुत सर्ट भएर आगलागी भएको टेलर्स सञ्चालकलाई राष्ट्रिय सभा सदस्य माननीय ईन्दु कडरीयाले एक थान सिलाई मेसिन सहयोग गर्नुभएको छ । आगलागीले पीडित बनेका पुनर्वास-६,प्रतिभानगर स्थित न्यु काठमाडौ मामा टेलर्सका सञ्चालक अशोक दर्जीको पिडामा मलम पट्टी गर्न राष्ट्रिय सभा सदस्य कडरीयाले शनिबार एक थान सिलाई मेसिन सहयोग गर्नुभएको हो ।

आर्थिक अवस्था एकदमै दयनीय रहेका दर्जीको सिलाई पसलमा अकस्मात् बिधुत सर्ट भएर लागेको आगोले करिब सात लाख बराबरका सिलाएका कोट पाईन्ट,सर्टहरु र सिलाउन बाकी कपडाहरु, मेसिन , टेबल, काउन्टर, नगद २५ हजार र खाताहरु जलेर नष्ट भएको थियो । पसललाई आगोले ध्वस्त पारेपछि अहिले पसल सञ्चालक दर्जी आर्थिक सहयोगका लागि विभिन्न सरकारी तथा निजि निकायहरु र सहयोगी व्यक्तिहरुकोमा धाउने तयारीमा छन । भने अर्कोतिर उनी आगोले ध्वस्त पारेको ग्राहकका कपडाहरु कसरी बेहोर्ने भन्ने पिरले चिन्तित बनेर भौतारिदै छन् ।

ताजा समाचार