दोधारा

माहाकाली नगरपालिकामा निड्सले सरसफाई रहने तरिका सिकाउन थालेको छ् । माहाकाली नगरपालिकाका बिभिन्न वडा तथा टोलमा पुगी निड्स नेपालका स्वस्थ्य टोलीले स्थानियहरुलाई कसरी ब्यक्तीगत तथा सामुदायिक सरसरफाई गर्ने भन्ने बिषयमा सिकाउदै आएको छ् । युनिसेफको सहयोग र निड्स नेपाल कञ्चनपुरको आयोजना र माहाकाली नगरपालिकाको सहकार्यमा माहाकाली नगरपालिकाको सबै वडा तथा टोलमा ब्यक्तीगत र सामुदायिक सरसफाईको बारेमा जानकारी दिदै आएको निड्स नेपालका प्रतिनिधी शुनिल सेठ्ठीले जानकारी दिएका छन् । बिशेष गरि ग्रामिण भेगका स्थानियहरुलाई लक्षित गरि सरसफाई सम्बन्धी जानकारी दिने उद्धेश्यले माहाकाली नगर क्षेत्रमा कार्यक्रम अघि बढाईएको निड्स नेपालका प्रतिनिधी शुनिल सेठ्ठीले बताएका छन् ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका उपाय तथा सरसफाई नहुदाको स्वास्थ्यमा प्रतिकुल प्रभाव बारे कार्यक्रममा जानकारी गराईएको उनले बताएका छन् । कार्यक्रममा स्थानियहरुलाई आफ्नो घर क्षेत्रमा सरसफाई राख्न तथा नियमित हात धुन, शौचालय सफा राख्न सिकाईएको निड्स नेपालका अर्का प्रतिनिधी वर्षा साँउदले बताएका छन् । निड्स नेपालले सामुदायिक सरसफाई स्वच्छता प्रबद्र्धन कार्यक्रम अन्तर्गत स्वस्थ्य रहने तरिका सिकाउनृे क्रममा आज माहाकाली नगरपालिका वडा नं. ६ शँन्ती टोलमा कसरी स्वस्थ्य रहने कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा शान्ती टोलका स्थानियहरुको बाक्लो सहभागीता रहेको थियो । सामाजिक दुरी कायम राखी संचालन गरिएको कार्यक्रममा स्थानियहरुले उत्सुकतापुवर्क कार्यक्रममा सभहभागी भएका थिए । स्थानिय बिनोद चौधरीका अनुसार माहाकाली नगरपालिका क्षेत्रमा निड्स नेपालले स्थानियहरुका लागी निकै सघाउ पुग्ने कार्यक्रम संचालन गर्दै आएको बताएका छन् ।

आजको कार्यक्रममा आफु पनि सहभागी रहेको बताउदै सामुदायिक सरसफाई स्वच्छता प्रबद्र्धन कार्यक्रम ग्रामिण भेगका स्थानियहरुको लागी निकै लाभप्रद रहेको बताएका छन् । बेलाबखत यस्ता कार्यक्रम बस्तीमा हुनु पर्ने उनले बताएका छन् । कार्यक्रममा सहभागी भई आफुहरुले स्वास्थ्य सम्बन्धी केही नयाँ कुरा सिक्न पाउदा खुशी महशुस गरेको स्थानिय बिनोद चौधरीको भनाई रहेको छ् । सामुदायिक सरसफाई स्वच्छता प्रबद्र्धन कार्यक्रम अन्तर्गत माहाकाली नगरपालिकाका सबै वडाका प्राय ः ग्रामिण बस्तीहरुलाई लक्षित गरि कार्यक्रम अघि बढाईएको छ् । माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले निड्स नेपालले सामुदायिक सरसफाई स्वच्छता प्रबद्र्धन कार्यक्रम माहाकाली नगरपालिकाका बिभिन्न वडा तथा टोलमा स्वस्च्छता सम्बन्धी जनचेतना कार्यक्रम संचालन गर्दै गरेको बताएका छन् । बिगत लामो समय देखि माहाकाली नगरपालिका क्षेत्रलाई निड्स नेपालले हरेक क्षेत्रमा सघाउदै आएको बताउदै ग्रामिण समुदायलाई लक्षित गरि चर्पीको नियमित सरसफाई, स्वच्छता ब्यवहार, हातधुने बानी र कोरोना भाईरसको सचेतना कार्यक्रममा समाबेस गरिएको बताएका छन् ।
