विपन्न पोषिलो खाना संगै लैगिंक हिंसा बिरुद्ध अभियानमा माईती नेपाल

दोधारा

माईती नेपाल कञ्चनपुरले विपन्न समुदायका नागरिकलाई पोषिलो खाना खुवाईरहेको छ् । कोरोनाका कारण रोजगारी गुमाएका, रोजगारीको पर्खाईमा रहेका विपन्न समुदायका घर परिवारलाई माईती नेपाल पोषिलो खाना खुवाउन जुटेका छ् । माईती नेपाले आफैले खाना पकाएर लगेर भात, दाल, तरकारी, शुद्ध खानेपानी, हरियो साग सहितको पोषिलो खाना खुवाईरहेको छ् । यस अघि लकडाउनले रोजगारी गुएका कञ्चनपुरका १४ हजार नागरिकलाई पोषिलो खाना खुवाएको माईती नेपालले फेरी दोस्रो चरणको खाना खुवाउने अभियान शुरु गरेको हो । सामुदायिक भान्सा मार्फत माईती नेपालले विपन्न नागरिकलाई खाना खुवाईरहेको छ् । भीमदत्त नगरपालिका १८ सालघारी सुकुम्बासी बस्ती क्षेत्रमा एक साता देखि माईती नेपालले दोस्रो चरणको खाना खुवाउन लागेको छ् । प्रतिदिन २ सय ५० का दरले खाना खुवाईन लागेको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताईन् ।

‘पहिलो चरणको सफलतापुर्वक पोषिलो खाना खुवाउने कार्यक्रम सकिए संगै दोस्रो चरणमा पनि शुरु गरेका छौं, ‘माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले भनिन, ‘यस चरणमा अघिल्लो भन्दा फरक छ ।’ पहिलो चरणमा लकडाउनका कारण समस्यामा परेका गर्भवती महिला, जेष्ठ नागरिक, बालबालिका दैनिक ज्यालादारी, मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका समस्यामा परेका परिवारका लागि सामुदायिक रुपमा खाना खुवाईएको थियो । भने अहिले दलित, विपन्न, एकल महिला, अपाङ्गता एवंम् आर्थिक रुपमा अति विपन्न दैनिक हातमुख जोर्न समस्या भएका भाडामा बस्ने, दैनिक मजदुर गर्ने परिवारका सदस्यलाई खाना खुवाईने संयोजक भट्टले बताईन् । दोस्रो चरणको अभियानमा समेत १५ हजार थाली खाना खुवाईने सयोजक भट्टले बताईन् । खाना खुवाउदै बुधबार देखि शुरु भएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान र कोरोना भाईरस बारे सचेतना कार्यक्रम समेत संचालन गरिएको बताए । ‘भौतिक दुरी कायम गरेर खाना खुवाउन लागेका छौं, ‘उनले भनिन, ‘कोभिड सचेतना संगै लैगिंक हिंसा न्यूनिरणका लागि सचेत गराईरहेका छौं ।’ पोषिलो खाना पाए संगै खुशी भएका स्थानीयले हर्ष व्यक्त गरेका छन् ।

माईती नेपाल कञ्चनपुरको अभियान साँच्चिकै विवाह गरेकी छोरी माईती घर जाँदा जति स्वागत र मिठो मसिनो भोजन खुवाईन्छ, उस्तै तरिकारले कोरोनाबाट समस्यामा परेका महिला र बालबालिकालाई खुवाएको अनुभव पोखेका छन् । स्थानीयले अझैपनि कार्यक्रम संचालनमा जोडदिएका छन् । स्थानीय तहले पनि माईती नेपाल कञ्चनपुरको अभियान उल्लेखनिय भएको बताएका छन् । भीमदत्त नगरपालिका कार्यपालिका सदस्य कमला देवकोटाले कोरोना कारण समस्यामा परेका नागरिकलाई पोषिलो खाना वितरण कार्य राम्रो भएको बताईन् । उनले सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन गरेको बताउदै त्यसको प्रत्यक्ष मारमा दैनक ज्यादारी, मजदूरी गर्ने परिवार परेकाले यस्तो अभियानले उनीहरुलाई सहयोग पुगेको बताईन् । माईती नेपाल कोरोना भन्दा अघि चेलिबेटी बेचबिखन तथा ओसापोसार बिरुद्ध सीमा क्र्षेत्रमा खटिएर निरन्तर निगरानी एव रोकथामका लागि कार्य गर्दै आएको यस पटक कोरोना कहरले खाना पकाउने वितरणमा जुटेकोछ । माईती नेपालको कार्यबाट स्थानीय सरोकारवालाले प्रसंसा गरेका छन ।

ताजा समाचार

spot_img