दोधारा

लैगिंक हिंसा अन्त्यको प्रतिबद्धता ब्यक्ती समाज र सबैको एक्कबद्धता नारा सहित माहाकाली नगरपालिकामा लैगिक हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा सरोकारवाला बिच अन्तरक्रिया सम्पन्न भएको छ् । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत लैगिंक हिंसा अन्त्यको प्रतिबद्धता ब्यक्ती समाज र सबैको एक्कबद्धता भन्ने मुल नाराका साथ आयोजित अन्तरक्रिया कार्यक्रम माहाकाली नगरपालिका कार्यालयले संचालन गरेको हो ।


माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रमका बिशिष्ठ अतिथी माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी रहेका थिए भने वडाअध्यक्ष, महिला अधिकारकर्मी, बालक्लव, पत्रकार लगाएत सरोकारवालाको उपस्थिती रहेको थियो । मानव अधिकार, लैगिंक हिंसा र महिला अधिकारका बारेमा कार्यक्रममा जानकारी गराइएको थियो । शिक्षा, स्वास्थ्य, बिकास र सुरक्षामा महिलाहरुको अर्थपूर्ण सहभागीता हुनु पर्ने कार्यक्रममा जोड दिईएको छ् । माहाकाली नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख डम्मरा पन्तले लैगिंक हिंसाका विषयमा सहजीकरण गरेका थिए । माहाकाली नगरपालिका नगर प्रमुख बिर बहादुर सुनारले कानुन विपरीत काम गर्ने जोसुकैलाई कार्वाहीको दायरामा ल्याउने पर्ने बताएका छन् । खास गरेर महिला माथी हिंसा गर्नेलाई कुनै हालतमा छुट नदिइने उनले प्रष्ट पारेका छन् ।


महिला माथी हुने हरेक खालका हिंसा न्यूनीकरणका लागी आफूले पहल गर्ने उनले बताएका छन् । समाजमा हुने हरेक खालका हिंसा न्यूनीकरणका लागी हामी सबैको एक्कबद्धता रहनु अपरिहार्य रहेको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् । माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले आफुले धेरै लैगिंक हिंसाका मुद्धाहरु हल गरेको बताएका छन् । माहाकाली नगरपालिकामा आउने कयौं हिंसामा मुद्धाहरुलाई सहज ढंगबाट मिलान गरि कयौं उदाहरणहरु रहेका नगर उपप्रमुख चिनी ओझा गिरीले बताएका छन् । कार्यक्रममा लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियान बारे जानकारीमुलक कार्यपत्र समेत प्रस्तुत गरिएको माहाकाली नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख डम्मरा पन्तले जानकारी दिएका छन् ।
सबै सहभागीले सेतो रिबन लगाएर कार्यक्रमको उद्धघाटन गरिएको थियो । ‘म हिंसा गर्दिन । म हिंसा सहदैन् । कसैले हिंसा गरेको त्यसको प्रतिकार गर्छु ।’ भन्दै सबैले प्रतिबद्धता जाहेर गरेका थिए । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा माहाकाली नगर क्षेत्रमा अन्तरक्रिया तथा बिभिन्न जनचेतना कार्यक्रम गर्ने तयारी भईरहेको माहाकाली नगरपालिका महिला तथा बालबालिका शाखाले जानकारी दिएको छ् । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान प्रत्येक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाईन्छ् ।






