कञ्चनपुर,
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य एव संघीय खानेपानी मन्त्री बिना मगर आज गृहजगर कञ्चनपुर आउँदैछिन । कोरोना भाईरस लगायतका कारण गृह नगर आउन नसकेकी मन्त्री मगर आज (बुधबार) काठमाण्डौँबाट कञ्चनपुर हाउन लागेकी हुन ।
खानीपानी मन्त्री मगरका स्वकीय सचिव दिपक तिमसिनाले मन्त्री गृहनगर आएसंगै नेता कार्यकर्तासंग भेटघाट, निर्वाचन क्षेत्रमा योजनाको अनुगमन एव जनतासंग भेटघाट कार्यक्रम गरिने बताए । ‘विवित कारणले केही समयपछि मन्त्री चुनावी क्षेत्रमा आउँदै हुनुहुन्छ, ‘उनले भने, ‘निर्वाचन क्षेत्रको विकास निर्माणको अनुगमन गर्दै थप योजना अघि बढाउने योजनाका साथ नेता कार्यकर्ता, जनतासंग सुझाव लिन्छौँ ।’ चुनावी प्रतिबद्धता अनुसार जनताको घरदैलामा पुगेर विकास निर्माण एव थप योजनाबारे समेत छफल गरिने उनले बताए ।
नेकपाबाट निर्वाचित महिला नेत्रृ बिनाले आफ्नो निर्वाचन क्षेत्रको एकिकृत दिगो विकासका योजना अघि बढाएको उनको सचिवालयको जनाएको छ । लामो समयदेखि उपेक्षित क्षेत्र नम्बर १को विकास निर्माणका लागि मन्त्रीले चिन्ता चासोका साथ काम अघि बढाएको स्वकीय सचिव तिमसिनाले बताए । हुलाकी राजमार्ग, गाउँका सडक, खानेपानी, भौतिक पूर्वाधार एव सीमा सुरक्षाका लागि बिओपी स्थापना लगायतका जनताका समस्या मध्य नजर गर्दै मन्त्रीले थुप्रै पहल कदम अघि बढाएको छ । तीन बर्ष क्षेत्र नम्बर १बाट निर्वाचित जितेसंगै मन्त्री मगरको विकास देखेर स्थानीय समेतले महसुस गरिरहेको उनले बताए ।