कञ्चनपुर

कञ्चनपुरको महेन्द्रनगर स्थित दुई सिँचाई र एक तटबन्ध कार्यालयका कर्मचारीले सार्वजनिक सडक क्षेत्रमा रहेको फोहोर सरसफाई गरेका छन् । पुर्व पश्चिम महन्द्रराजमार्ग अन्र्तरगत महेन्द्रनगर–गड्डाचौकी सडक खण्ड अन्र्तरगत भीमदत्त नगरपालिका ४ सडक र कार्यालय कम्पाउण्ड क्षेत्रमा सरसफाई गरेका हुन् ।

मंगलबार महाकाली सिँचाई तेस्रो चरण, व्यवस्थापन कार्यालय र जनताको तटबन्ध कार्यालयका कर्मचारीले सरसफाई गरेको महाकाली तेस्रो चरण प्रशासन शाखाका नायब सुब्बा कृष्ण बहादुर विष्टले बताए । ‘कोरोना कहरले हाम्रा तीनै सरकारी कार्यालय क्षेत्रमा बस पार्किङ्ग गरिएका थिए, ‘उनले भने, ‘सो क्षेत्र फोहोरले भरिभराउ थियो, हिड्नै नसकिने अवस्थाबाट सरसफाई गरेका छौँ ।’

नासु विष्टका अनुसार तीनै कार्यालयको उत्तरतर्फ सडक क्षेत्रमा सफाई गरिएको छ । महाकाली तेस्रो चरणका अर्का कर्मचारी भीम थापाले स्थानीयबाटै फोहोर फालिएको बताए । कर्मचारीले मिलेर सफाई गरेपछि सो क्षेत्र सफा देखिएको थियो । कर्मचारीले आफ्नो नियमित कार्यका साथै अतिरिक्त रुपमा सरसफाई समेत गरेका हुन् ।
