अज्ञात समुहद्वारा किसान पोल्ट्री सप्लायर्सको फर्ममा आगजनी

 कञ्चनपुर

कञ्चनपुरको किसान पोल्ट्री सप्लायर्सको फर्ममा आगजनी भएको छ । गयराती अज्ञात समुहले भीमदत्त नगरपालिका १ भाँसी स्थित किसान पोल्ट्री सप्लायर्सको फर्ममा आगजनी गरेको छ । विगत तीन बर्षदेखि किसान पोल्ट्री सप्लायर्सका संचालक किरण साउदले सो क्षेत्रमा फर्म खोलेर बोईलर कुखुरा पाल्दै आएका थिए ।

स्थानीय ओम मल्लको जमिन भाडामा लिएर व्यवसाय गर्दै आएका साउदको फर्ममा आगजनी गरेपछि सम्पूर्ण समान नष्ट भएका छन । ‘खोर सफाई गरेर नयाँ कुखुरा पाल्ने तयारी गरेको थिए, ‘साउदले भने, ‘एक्कासी राती अज्ञात समुहले फर्ममा आगजनी नै गरिदिए ।’ आगजनीबाट झण्डै २० लाख बराबरको क्षति भएको छ । साउदका अनुसार दाना ९ लाख १३ हजार, विद्युत १ लाख, २० हजार, छाना १ लाख ३६ हजार, औषधी १लाख २०हजार, कुखुराका लागि आहार खुवाउने भाडा २ लाख ६२ हजार लगायतका अन्य विवित समाग्री सहित २०लाख बराबरको समान नष्ट भएको छ । ‘नयाँ कुखुरा राख्ने तयारी गरेपछि कामदार पनि घर गएका थिए, ‘उनले भने, ‘यही मौका छोपी कुनै फहाट व्यक्ति समुहले आगजनी गरिदिए ।’

यसरी उद्यममा रहेका युवाको व्यवसाय चौपट हुने हिसाबले आगजनी नै गरिदिएपछि मेहनती इमान्दार उद्यमीलाई निरुत्साहित पार्ने काम भएको व्यवसायीको भनाई छ । किसान पोल्ट्री सप्लायर्सको फर्मका संचालक साउद सहित अन्य पोल्ट्री फर्ममा संचालक एव युवा उद्यमी व्यवसायी आगजनी जस्तो अपराधिक गतिबिधीमा संलग्नमाथि कार्बाहीको माग अघि सारेका छन् । घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही गरिनुपर्ने उनीहरुको माग छ । जिल्ला प्रहरी कार्यालयले घटनाको छानबिन भईरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले आगजनीको कारण बारे अनुसन्धान भईरहेको बताए ।

ताजा समाचार