भीमदत्त नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रम अन्र्तरगत बिना धितो र बिना ब्याज अन्र्तरगतको कार्यक्रममा ‘उद्यम गर्ने असल व्यक्तिलाई मात्रै ऋण दिनुपर्नेमा जोड दिईएको छ ।

आइतबार भीमदत्त नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रम निर्देशिका ०७७बारे सरोकारवालासंग छलफल कार्यक्रममा सहभागिले उद्यम गर्ने असललाई मात्रै ऋण दिनुपर्नेमा जोड दिएका हुन् । सीपमुलक, उत्पादनशिल एव रोजगारीमुखी आयोजनामा ऋण दिनुपर्नेमा सुझाव दिईएको छ । नेपाल बैक लिमिटेडका प्रबन्धक कमल चन्दले ऋण प्रवाहको विषय सहज बनाईने बताए ।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले सरोकारवाला निकाय जिम्मेबार हुनुपर्नेमा जोडदिदै लगानीका लागि कुनै कमि नहुने बताए । भीमदत्त नगरपालिकाले अघि सारेको कार्यक्रम अन्र्तरगत इमान्दार एव मेहनती उद्यमीका लागि लाभदायक योजना रहेको जानकारहरुको भनाई छ ।

