दोधारा चाँदनीमा आस्था सहकारीद्धारा किसानलाई च्याउको बिउ र तरकारीका बेर्ना वितरण

दोधारा

वडाका कृषकहरुलाई स्वरोजगार बनाउन माहाकाली नगरपालिकामा आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्थाले किसानहरुलाई च्याउ र तरकारीका बेर्ना बितरण गरेको छ् । माहाकाली नगरपालिका स्थित रहेको आस्था कृषी सहकारी संस्था लिमिटेड माहाकालीले वडा नं. ६ मा रहेका कृषी सुमह मार्फत किसानहरुलाई च्याउको बिउ र तरकारीका बेर्ना बितरण गरेको आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड माहाकालीका अध्यक्ष बेल बहादुर रानाले जनाएका   छन् ।

माहाकाली नगरपालिका वडा नं. ६ वडा कार्यालयको सहयोग र आस्था कृषी सहकारी संस्था लिमिटेड माहाकालीको आयोजनामा वडा नं. ६ मा रहेका कृषक समुह मार्फत किसानहरुलाई च्याउको बिउ र तरकारीको बेर्ना बितरण गरिएको आस्था कृषी सहकारी संस्था लिमिटेड माहाकालीका अध्यक्ष बेल बहादुर रानाले बताएका छन् । वडामा च्याउको बिउ र खुर्सानी, बन्दा, भण्टा लगाएत तरकारीका बेर्ना बितरण गरिएको माहाकाली नगरपालिका वडा नं. ६ का वडा सदस्य भुवन आले मगरले बताएका छन् । ‘वडामा रहेका कृषी मुल समितिलाई मार्फत च्याउको बिउ र तरकारीको बेर्ना बितरण गरेका छौं’ माहाकाली नगरपालिका वडा नं. ६ का वडा सदस्य भुवन आले मगरले भने । बिगतका दिनहरु देखी माहाकाली नगरपालिका वडा नं. ६ कृषी क्षेत्रमा सक्रियता जनाउदै आएको छ् ।

माहाकाली नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले कृषकहरुलाई बिभिन्न बिउ बिजन बितरण गर्दै स्वरोजगार बनाउन प्रेरित गरिरहेको जनाएका छन् । वडामा बिभिन्न समयमा तरकारी बालीका बिउ, बिजन तथा कृषी क्षेत्रलाई उकास्न बिभिन्न कृयाकलाप गर्दै आएको वडा अध्यक्ष तथा माहाकाली नगरपालिका नगर प्रबक्ता सिजालीले बताएका छन् । ब्यावसायिक च्याउ खेती गर्ने कृषकहरुलाई बिउ वितरण संगै प्राविधिक सहयोग गरिरहेको उनको भनाई रहेको छ् । कृषि पेशामा आकर्षण वढाउन माहाकालीका वडाहरुमा बिभिन्न कार्यक्रम संचालन गरिदै आएको आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्थाका प्रबन्धक सबिना थापाले बताएका छन् ।

व्यवसायिक रुपमा कृषिमा काम गरेकालाई सहकारी संस्थाले सम्मान गर्दै आएको बताउदै आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्थाले माहाकाली नगरपालिका कार्यालय र अन्य निकाय संग समन्वय गरि माहाकाली नगर क्षेत्रका किसानहरुको जिवन स्तर उकास्ने प्रकारको कार्यक्रम गर्दै आएको आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्थाका प्रबन्धक सबिना थापाले बताएका छन् । कार्यक्रममा माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, वडा सदस्य भुवन आले मगर, आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्थाका प्रबन्धक सबिना थापा लगाएत कृषी समुहका प्रतिनिधीको सहभागिता रहेको थियो ।

ताजा समाचार

spot_img