दोधारा
माहाकाली नगरपालिकामा स्वतन्त्र देशभक्त समाज गठन भएको छ् । माहाकाली नगरपालिकाको साबिकको चाँदनी गाबिस प्रांगणमा आज स्वतन्त्र देशभक्त समाजको गठन भएको हो । एक कार्यक्रम बिच आज स्वतन्त्र देशभक्त समाजको गठन भएको समाजका संयोजक रमेश चन्दले जानकारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नगर सचिव रबि गिरीको अध्यक्षतामा बसेको बैठकले रमेश चन्दको संयोजकत्वमा २१ सदस्यीय स्वतन्त्र देशभक्त समाज माहाकाली नगर स्तरिय समिति गठन गरेको हो ।

उपाध्यक्षमा बिशाल पुन, सचिवमा सुनिल चन्द, सह–सचिवमा बिरेन्द्र बिक, कोषाध्यक्षमा गोबिन्द गिरी रहेका छन् । यस्तै सदस्यमा मनोज चन्द, बिरु गिरी, अशोक पुन, अरुण थापा, सुशँन्त मगर गरि २१ सदस्यीय नगर कार्य समिति चयन गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नगर सचिव रबि गिरीले बताएका छन् । पार्टी समर्थन र बिरोध नभई स्वतन्त्र देशभक्त युवाहरु सहभागितामा राष्ट्र बचाउ अभियान अन्तर्गत स्वतन्त्र देशभक्त समाजको गठन गरिएको कार्यक्रममा बताईएको छ् । हिन्दु राष्ट्र पुन : स्थापना, संघियताको खारेजी र संबैधानिक राजतन्त्रको स्थापना माँग सहित स्वतन्त्र देशभक्त समाजको गठन गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नगर सचिव रबि गिरीले जानकारी दिएका छन् ।

स्वतन्त्र देशभक्त समाजले आउदो २० गते माहाकाली नगरपालिका क्षेत्रमा बृहत मोटरसाईकल ¥याली गर्ने भएको छ् । उक्त अवसरमा स्वतन्त्र देशभक्त समाजका जिल्ला, क्षेत्रीय तथा केन्द्रीय नेता समेत माहाकाली नगरपालिकामा आउने कार्यक्रम रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नगर सचिव रबि गिरीले जानकारी दिएका छन् ।







