वडाअध्यक्षको शव रुखमा झुण्डिएको अवस्थामा भेटियो

गणेश थापा / बेलडाडि

कञ्चनपुर बेलडाँडीमा एक जना जनप्रतिनिधिको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ । दक्षिणिक्षेत्रमा पर्ने बेलडाँडी गाउँपालिका–५ का वडाध्यक्ष ५७ वर्षीय कृष्ण बहादुर रोकायाको गुटिलको रुखमा प्लास्टिकको डोरीले झुण्डिएकोे अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।

रोकायाको शव घर नजिकैको बाबाथान मन्दिर छेउको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल मृतक जनप्रतिनिधि रोकायाको घरबाट एक किलोमिटरको दुरीमा रहेको छ ।

बिहानको ७ बजे तिर घरबाट निस्केका उनको शव झुण्डिएको अवस्थामा फेला परेका थियो । अहिले घटना स्थलमा बेलडाँडी ईलाका प्रहरी कार्यालयको टोलि पुगेको छ र आत्महत्या वा हत्या के हो त्यसको बारेमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालयका प्रमुख राजेन्द्र सिंहले बताउनु भएको छ।

ताजा समाचार