सुक्खाबन्दगाह निर्माणका पूर्ण सहयोग गछौँ ः महाकाली नगर प्रमुख सुनार

खडक रावल/चाँदनी

नेपालको वैदेशिक व्यापार घाटा सन्तुलन र आर्थिक सम्बृद्धिका लागि सरकारले कञ्चनपुरको महाकाली  नगरपालिका क्षेत्रमा अघि सारेको सुक्खाबन्दरगाह निर्माण लागि कञ्चनभोजमा केही स्थानीयले बिरोध गरे । तर, अन्तिममा छनौट भएको महाकाली नगरपालिका १ चाँदनीमा स्थानीयले सर्मथन स्वागत गरेका छन । महाकाली नगरपालिका प्रमुख बीर बहादुर सुनारले समेत जहाँ बनेपनि स्थानीय सरकारका तर्फबाट प्ूर्ण सहयोग गर्ने बताएका छन । उनले कहिले कहाँ कहिले कही छनौट गरेर जनता नझुक्याउन समेत आग्रह गरेका छन । तर, कञ्चनभोज र चाँदनी पनि महाकाली नगरपालिका भएकाले स्थानीय सरकारका तर्फबाट जहाँ बनेपनि आफ्नै पालिका भित्र बन्ने गौरबको योजनामा सहयोगको बाचा गरेका छन । कम्यूनिष्ट नेता एव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट यस अघि वाणिज्यमन्त्री हुँदा महाकाली नगरपालिका क्षेत्रमा सुक्खाबन्दरगाहको योजना अघि सारेका थिए । त्यसमध्ये कञ्चनभोज, चाँदनी, दोधारा तीन विकल्प थिए ।

दश बर्ष अघि महाकाली नगरपालिका ७ कञ्चनभोजमा सुक्खा बन्दरगाह बनाउन स्थान प्रस्ताव गरिएको थियो । सुक्खा बन्दरगाहको भारतसंग जोड्नका लागि कञ्चनपुरको कञ्चनभोज, दोधारा र चाँदनी तीन विकल्प थिए ।
(नेपाल भारत) कनेक्टिभिटीका लागि पारी भारतको मेलाघाट(खटिमा), चक्र्रपुर र बनबासा तीन विकल्प थिए । जसमध्ये उत्तम विकल्प चाँदनी तय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । वाणिज्य सचिव डा. बैकुण्ड अर्यालले तीन विकल्प मध्ये सबैभन्दा बढि उत्तम र भारतीय पक्षबाट समेत बनबासा–चाँदनी क्षेत्रमा एकिकृत जाँचचौकी निर्माणका लागि प्रस्ताव आएको बताए । ‘हामी दुवै पक्षले तीनवटै स्थानको अध्ययन ग¥यौँ, ‘सचिव अर्यालले भने, ‘तीनवटै स्थान मध्ये पारी बनबासा र वारी चाँदनी उपयुक्त स्थान छनौट भएको छ ।’ गौरीशंकर र मायापुरी सामुदायिक मध्यवर्ती वनमा सुक्खा बन्दरगाह र अन्तरदेशीय आर्थिक क्षेत्र बनाईने सचिव अर्यालले बताए ।

भारतको राजधानी नयाँदिल्लीसंग नेपालको सबैभन्दा छोटो नाका ३ सय ८७किलोमिटर दुरीमा रहेको महाकाली नगरपालिका ‘दोधारा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि ०६७ सालदेखि पहल थालिएको छ । सचिव अर्यालले प्राविधिक टोलीले गरेको अध्ययन अनुसार चाँदनी क्षेत्रका दुवै सामुदायिक वन क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणको स्थल छनौट गरिएको बताए । ‘अब स्थान छनौट भईसकेको छ, ‘उनले भने, ‘डिपिआर बनाएर काम शुरु गछौँ ।’
सचिव अर्यालले छोटो दुरी, जमिन र बस्ती कम अधिकरण गर्नुपर्ने, बस्ती धेरै नभएको, काम गर्न सहज हुने भएकाले अन्तिम विकल्पमा चाँदनी नै छनौट गरिएको बताए । ‘भारतीय पक्षबाट समेत सोही स्थानलाई छनौटका लागि प्रस्ताव आयो, ‘उनले भने, ‘हामीले प्राविधिक दृष्ट्रिकोणबाट अध्ययन गर्दा पनि चाँदनी नै उपयुक्त हुन्छ ।’ सुक्खा बन्दरगाह निर्माणका लागि ४ सय विगाह र अन्तरदेशीय आर्थिक क्षेत्रका लागि करिब साढे ३ सय विगाह जमिन उपभोग गरिने बताए । ‘भविष्यमा ठाँउ अपुग हुन नदिनका लागि बढि जमिन उभोग गर्दै करिब हजार विगाह जमिन उपभोग गछौँ, ‘सचिव अर्यालले भने, ‘दुवै परियोजनाको संरचना निर्माणका लागि प्रसस्त जमिन छ ।’

सन २०१८ मा गरिएको अध्ययन अनुसार सो क्षेत्रमा वाढिको जोखिम र १सय ५० घरधुरी मात्रै विस्तापित हुने देखिएको थियो, तर अहिले दुवै सामुदायिक वनको जमिन उपभोग गर्दा कम बस्ती विस्थापितहुने बताए । दुई बर्ष अघि गरिएको अध्ययन अनुरुप ६ अर्ब रुपैया लागत गरिएको बताउदै उनले करिब ८देखि १० अर्ब लगानी लाग्ने बताए ।
उद्योग सचिव चक्र्र कुमार घिमिरेले सुक्खा बन्दरगाहसंगै निर्माण हुने अन्तरदेशीय आर्थिक क्षेत्रलाई सिधै भारतको गुजरात प्रदेशको मुन्द्रा बन्दरगाहसंग जोडिने बताए । ‘बन्दरगाह बनाएर मात्रै हुँदैन, नेपालले भारत लगायत अन्य मुलुकसंग बस्तु तथा सेवा आयात निर्यातका लागि बन्दरगाहसंग जोड्नुपर्छ, ‘उनले भने, ‘विदेशबाट समेत कच्चा पदार्थ ल्याएर निर्यात आयात गर्नुपर्छ ।’कृषि, खनिज, उत्पादनका बस्तु तथा सेवालाई भारतसंग मात्र नभई तेस्रोमुलुकसम्म निर्यात गरिने बताए । निजी क्षेत्रको समेत लगानी आवश्यक रहेको बताउदै उनले अन्तरदेशीय आर्थिक क्षेत्रका लागि दैजी जोगबुढा क्षेत्रको औद्योगिक क्षेत्र शुचारु गर्नुपर्ने बताए । सुक्खा बन्दरगाह निर्माणसंगै सिङ्गो नेपालकै आर्थिक विकास हुने बताए । ठुलो परिमाणमा लगानी भित्रिने रोजगारी समेत सृजना हुने बताए ।

चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणसंगै स्थानीय हर्षित भएका छन । स्थानीय एव कञ्चनभोजमा सुक्खा बन्दरगाह निर्माण हुन हुँदैन भनेर आन्दोलनमा उत्रेका विनय सुनारले जनताले सोचे अनुरुपै सरकारले काम गरेको बताए । ‘हामीले पहिल्यै भनेका थियौँ, कञ्चनभोजमा नभई चाँदनीको मायापुरी र गौरीशंकर सामुदायिक वन जहाँ बस्ती विस्थापित गर्नु पर्दैन ।’ आज आएर सरकारले जनताले नै भनेको स्थानमा सुक्खा बन्दरगाह निर्माण गर्न थालेपछि स्थानीय हर्षित भएको बताए । कञ्चनभोजमा २० विगाहजमिन मात्रै सरकारी थियो, बाँकी बस्ती विस्थापित गर्नुपर्ने अवस्था थियो । अहिले जंगल क्षेत्रपनि कुकाठ हो । प्रदेश सभा सदस्य मान बहादुर सुनारले यस अघि सुक्खा बन्दरगाह निर्माणका लागि प्रस्ताव गरिएको कञ्चनभोजबाट चाँदनी क्षेत्र उपयुक्त भएको बताए । ‘हामीले चाहेर मात्र हुँदैन, ‘उनले भने, ‘भारतीय पक्षबाट समेत साथ सर्मथन चाहिन्छ ।’ चाँदनी क्षेत्रमा सिधै महाकाली पुलसंगै जोडिने ६ लेन सडकमा सुक्खा बन्दरगाह जोडिदा दुरी छोटो हुने बताए ।

प्रतिनिधी सभा सदस्य डा.दिपक प्रकास भट्टले दक्षिण भारतसंगै उत्तरी चिनसंग जोड्ने बताए । ‘दक्षिणमा सुक्खा बन्दरगाह, महाकालीमा पक्की पुल हुँदै कोरिडोर चिनसम्म पु¥याउँछौँ, ‘उनले भने, ‘अन्र्तराष्ट्रिय व्यापार केन्द्र निर्माण गरेर आर्थिक सम्बृद्धि तर्फ उन्मुख हुनुपर्छ ।’ उनले सुक्खा बन्दरगाह,उत्तर दक्षिण जोड्ने महाकाली कोरिडोर र महाकालीमा पक्की पुल निर्माण भएर देशकै कार्यापलट हुने बताए । एकिकृत सुरक्षा जाँच पोष्ट स्थापना गरेर सुदूरपश्चिम मात्र नभई देशकै आर्थिक विकास गर्नुपर्ने बताएका छन । केही विकास बिरोधी र कम्यूनिष्ट सरकारले जनतालाई विकास सम्बृद्धि दिएको हेर्न नचाहने समुहले फलगतको बिरोध गरिरहेको नेकपा नेताहरुको टिप्पणी छ । अब सुक्खा बन्दरगाह बन्ने निश्चित भएपछि स्थानीय मात्र होईन, जिल्ला, प्रदेशबासी हर्षित भएका छन ।

ताजा समाचार