एन्फा सुप प्रदेशको समिति चयन अध्यक्षमा श्रेष्ठ

अखिल नेपाल फुटबल संघ सूदुरपश्चिम प्रदेशको अध्यक्षमा दिनेश कुमार श्रेष्ठ चयन भएका छन् । दुई बर्षदेखि प्रदेशमा एन्फाको कार्य समिति बन्न सकेको थिएन् । दुई वर्षको अन्तरालमा कैलाली कञ्चनपुर जिल्ला फुटबल संघले सिफारिस गरेको आधारमा एन्फा प्रदेश फुटबल संघको संचार उद्यमी, युवा व्यवसायी एव खेलप्रेमी श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।

बरिष्ठ उपाध्यक्ष राघवेन्द्र कार्की (कैलाली) र उपाध्यक्ष तेज बहादुर चन्द (कञ्चनपुर)लाई चयन गरेको छ त्यसैगरी महासचिव अमृत शाह(कञ्चनपुर), कोषाध्यक्ष शंकर श्रेष्ठ (कैलाली), महिला सदस्य डम्मरी महरा(रक्षा)(कञ्चनपुर), सदस्य हेमकृष्ण रजीतार(कैलाली) , लालमन तामाङ्ग (कञ्चनपुर), नृप बुढा (कैलाली), नितेश रावल(कञ्चनपुर), गोपाल चौधरी(कैलाली), दिनेश मल्ल र दिनेश बोकटी (कञ्चनपुर) चयन भएको प्रदेश महासचिव अमृत शाहले बताए ।

एन्फा सुप प्रदेशको तदर्थ समितिलाई अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पााले सपत तथा पदभार ग्रहण गराए । एन्फा अध्यक्ष शेर्पाले फुटलको विकासका लागि एकेडेमी खोल्नेदेखिका योजना अघि बढाईने प्रतिबद्धता जाहेर गरे । नेपालको प्रदेश नं. २ पछि फुटबल खेलाडीको उवराभुमिको रुपमा सुदूरपश्चिम पनि रहेकोले आगामि दिनमा रेफरसिप टेनिङ्ग र प्रशिक्षणको दायरा समेत बढाउने गरी कार्यक्रमको आयोजना गरिने अध्यक्ष शेर्पाले प्रतिबद्धता गरे । अखिल नेपाल फुटबल संघ सूदुरपश्चिम प्रदेशको अध्यक्षमा दिनेश कुमार श्रेष्ठले पनि जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने र सुप प्रदेशको फुटबल विकासका लागि पहल गर्ने बताए ।

कार्यक्रममा खेलकुद क्षेत्रमा योगदान पु¥याएको भन्दै ब्याटमिन्टक खेलाडी दिपेश धामी फुटलबलका बिरेन्द्र चन्द र अञ्जली चन्दलाई सम्मान गरिएको थियो । नव चयन भएको एन्फा समितिका पदाधिकारीलाई खेलाडी, आफन्त एव साथिभाईले बधाई तथा शुभकामना दिईएका छन् । जिल्ला फुटबल संघ कञ्चनपुरका अध्यक्ष गणेश चन्दको अध्यक्षतामा सम्पन्न भएको कार्यक्तममा खेलाडी लगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार