भीमदत्त नगरपालिकाले पश्चिमी नाका गड्डाचौकीमा ‘नेपाल गेट’ बनाउने

पहिलाद राना/कञ्चनपुर
सामरिक महत्व राख्ने नेपालको पश्चिमी नाका गड्डाचौकीमा ‘नेपाल गेट’ निर्माण हुने भएको छ । भीमदत्त नगरपालिकाले चालु आर्थिक बर्ष २०७७/०७८ मा ‘नेपाल गेट’ बनाउने भएको हो । नेपाल प्रवेस गर्दा पहिचानका लागि भीमदत्त नगरले त्रिदेशीय नाकाको उक्त बिन्दुमा आधुनिक गेट बनाउने लागेको छ । गेट निर्माणका लागि सम्झौता भईसकेको नगरपालिकाले जनाएको छ । भीमदत्त नगरका ईन्जिनियर हिमालय सिह ऐरले दुई पास भएको गेट निर्माणका लागि अस्मिता विल्र्डस प्रालिसंग ६२ लाख लागतमा गेट निर्माण गर्ने सम्झौता भएको बताए । ‘गेटको दायाँबायाँ बाट पास हुन्छ, ‘ईन्जिनियर ऐरले भने, ‘आउँदो माघ मसान्तसम्ममा गेट निर्माण कार्य सकिन्छ ।’ गेटमा नेपालको नक्सा, बुद्धको मूर्ति लगायत नेपाली भूगोल, लोक संस्कृति झल्किने प्रतिक राखिने छन । भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले भारत चिनको त्रिद्देशीय नाका गड्डाचौकी नेपाल प्रवेसद्वारमा गेट निर्माण कार्यको परिकल्पना जनताको मर्म अनुरुप भएको बताए ।
महाकाली नदीमा पुल निर्माणसंगै भारत जोड्ने र गड्डाचौकी, बम्हदेब हुँदै चिन जोड्ने महाकाली कोरिडोरको नेपाल प्रवेस बिन्दुमा गेट निर्माण कार्य नेपाली स्वाभिमान र बाहुनालाई स्वागतका लागि भएको मेयर विष्टले बताए । ‘कामका लागि हाम्रा नेपाली दाजुभाई दिदिबहिनी भारत गएका छन, ‘मेयर विष्टले भने, ‘फर्किदा गेट देखेर मातृभूमी पुगेको आभास हुन्छ ।’ विदेशी पाहुनालाई नेपाल प्रवेस गर्दा गेटबाट नेपालका राष्ट्रिय प्रतिक र गौतम बुद्ध जन्मेको देश भनेर अनुभूति हुने छ । ‘गेटले पूर्ण नेपालीपनको झल्को दिन्छ, ‘मेयर विष्टले भने, ‘स्वदेशीको स्वाभिमान र विदेशीको स्वागत एव विदाई गर्ने गेट हुनेछ ।’ भारतीय सीमा संग जोडिएको कञ्चनपुरको भीमदत्त नगरपालिकाले सिङ्गो नेपालको आभार हुने हिसाबले गेट निर्माण गर्न लागेको मेयर विष्टले बताए । गत आर्थिक बर्ष २०७६/०७७मा भीमदत्त नगरपालिकाले नै नेपाल प्रवेस क्षेत्र गड्डाचौकीमा ७७ फिट अग्लो नेपालको झण्डा स्थापना गरेको थियो ।
‘भारतबाट नेपाल प्रवेस गर्दा नेपाली राष्ट्रिय झण्डाको आभास हुन्छ, ‘मेयर विष्टले भने, ‘झण्डाको अहि पुर्वतिर ओर नेपाल गेटबाट झन नेपालीलाई अपनत्व हुन्छ ।’ जनमत र चुनावी प्रतिबद्धता अनुरुप गेट निर्माण कार्य अघि बढाईएको मेयर विष्टले बताए । पश्चिम नेपालको गड्डाचौकी नाका भारतको राजधानी दिल्लीसंगको सबैभन्दा नजिकको नाका हो । गड्डाचौकीदेखि दिल्ली करिब ३ सय ७९ किलोमिटर मात्रै छ । महाकाली नदीमा पुल निर्माणसंगै नेपालको विकास र सम्बृद्धि हुने अपेक्षा गरिएको छ । संघ र प्रदेश सरकारबाट परिकल्पना समेत नगरिएको योजना स्थानीय सरकार भीमदत्त नगरपालिकाबाट शुरुवात भएको छ । भारतले समेत आफ्नो राष्ट्रियता झल्किने हिसाबले भारतप्रवेसद्वारमा गेट निर्माण गरेको थियो । त्यो संगै भीमदत्त नगरपालिकाले समेत नयाँ परिकल्पनाका साथ गेट निर्माण कार्य अघि सारेको छ । गेट निर्माण कार्यलाई स्वाभिमानसंग जोडिएको जानकारहरुको भनाई छ । अपेक्षा गरिएको छ ।

ताजा समाचार

This will close in 10 seconds