बौद्धिक अपाङ्गता भएकी ख्रीसमाया तामाङको ओझेलमा परेको प्रतिभा (भिडियो सहित)

पुर्नवास

भनिन्छ प्रतिभाले कसैलाई पनि विभेद गर्दैन् प्रतिभा जहाँ जस्तो सुकै अवस्थामा पनि मौलाउन सक्छ । सिर्जना आफैमा अद्भूत हुन्छ, यो त्यति बेला अझै सुन्दर लाग्छ जब यो आशाविहीनहरुमा आशाका किरणहरु थप्न आईपुग्छ । निराशाहरुमा आशाको दियो बाल्न पुग्छ । कति प्रतिभाहरु हाम्रो समाजमा कण्ठित भएरै बस्न बाध्य भएका हुन्छन् पस्थििति र परिवेशले र भनौं ती कला र गलाले उचित अवसर नपउँदा गुम्सीएँरै रहेका ख्रीसमाया जस्ता कला र गलाको सम्मान तथा प्रबद्धनमा राज्य एवम् सामाजिक संघ संस्थाको ध्यानाकर्षण हुनपर्ने होईन् !

समय संगै मान्छेको जिन्दगीमा कति खेर के हुन्छ भन्ने कुराको कुनै आभास नै हुँदैन । सबैले आफ्नो सन्तान सबै भन्दा राम्रो र उत्कृष्ट हुन भन्ने चाहेको हुन्छ । जुन सोचे अनुरुप नभएर पृथक भईदिदाँ मातापिताको मनमा बादल लगेर विरक्तिको भाव जाग्न पुग्छ, यद्यपि नियतिका सामू कस्को पो के नै लाग्छ र, जन्म दिएको सन्ततीको माया पशुलाई त हुन्छ भने सर्वश्रेष्ठ प्राणी मानवमा नहुने कुरै भएन्, माया त लाग्ने नै भयो, सन्तान चाँहे सपांग होस् या अपांग नै किन नहोस् । माया त उत्ति नै हुन्छ जति अरुको हुन्छ ।

सबै आफ्नो भाग्यको लेखि नै हो, हुने हार दैव नटार भनेजस्तै जस्तो आईलाग्यो त्यस्तो बेहोर्नु र सहनु पर्ने । किस्मतको खेल हो भनेर चित्त बुझाउनु पर्दो रहेछ, कुनै पनि आमा बुवालाई सन्तानले आफुलाई बुढेसकालमा सहारा बनोस भन्ने चाहाना हुन्छ तर बुढेसकालमा पनि सानो केटा केटी जस्तै आमा बुवाले छोरा छोरीको लालन पालन गर्दा र आफ्नो शेष पछि आफुले जन्माएको सन्तानको के होला ? भनी पीर लाग्नु पनि स्वभाविकै हो । यस्तैमा भाग्यको लेखा र समयको रेखा कता-कता परिवर्तन भए कि बहुप्रतिभाकी खानी हुन् बौद्धिक अपाङ्गता भएकी ख्रीसमाया तामाङ । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा –२ कान्छी बजार अरनिको वस्तीमा घर भएकी बौद्धिक अपाङ्गता भएकी ख्रीसमाया तामाङ  आफू अपाङ्गता भए पनि  गलामा कलाले स्वमुधुर स्वरकी धनी छन् ।
उनको स्वरको मुक्तकण्ठको सबैले प्रशंसा गर्छन् । ग्रामीण क्षेत्र र पहुचभन्दा बाहिर भएकै कारण उनमा रहेको अद्भुत क्षमताको प्रबद्र्धन हुन नसकेको देखिन्छ ।

घरमा जेठी छोरीको रुपमा ख्रीस माया तामाङ्क जन्मे सँगै उनका बुवा आमाको खुशीको सिमा रहेन, छोरीको उज्जवल भविष्य बनाउन खिसमायाका बुवा काम गर्न भारत गए, यता छोरी खिसमायाको अवस्था दिन प्रतिदिन खस्कदै गयो, उनी एक्कासी विरामी परिन । जन्मेको ३ महिना पछी एका एक यस्तो अवस्थामा आए पछि उनको उपचारको लागि धेरै ठाँउमा लगे आफुले भ्याएसम्म अस्पतालमा उपचार गराए । डाक्टरले उपचारको क्रममा सुस्त मनस्तिथी भएको बताएपछि बुवा आमा छाङ्गा बाट खसे जस्तो भए । पहिलो सन्तान जसका लागि धेरै सपना सजाएका थिए सबै सपना चकनाचुर भयो पहिलो सन्तान नै अपाङ्कता भए पछि भावी सन्तानको पनि चिन्ता हुन लाग्यो कुनै कारणले त्यस पछि हुने सन्तान पनि अपाङ्गता त हुने होइन भने चिन्ता लागेको बुवा जित बहादुर तमाङ्ग बताउछन् । जिन्दगीमा सोचे जस्तो नँहुदो रहेछ र आफुले सक्दो प्रयास गर्दा गर्दै पनि पुर्ण रुपले राम्रो हुन नसके पछि काठमाडौमा डाक्टरको सल्लाह अनुसार घरमै लग्नु भनेर सुझाव दिदा घर ल्याएको बताउन्छन् ।

हिडन नसक्ने अवस्थाबाट उपचार क्रममा ३ वर्षको उमेरमा अलि अलि हिडन लागेको पछि आफुहरुमा खुशीको सिमा नरहेको र अब छोरीलाई सन्चो हुन्छ भन्ने आस पलाएको आमा कान्छी माया तमाङ्खले बताईन् । ख्रीसमाया तामाङ्क बेलौरीमा रहेको बौद्धिक अपाङ्गता हेरचाह विद्यालयमा ५ देखि १३ वर्षको उमेरमा बसेर अध्ययन गरकी छन् । अध्ययन गर्ने बेलाका साथीहरुको माया धेरै लाग्ने, घर भन्दा विद्यालय मै राम्रो हुन्थ्यो उनले भनिन् ।
सानै बाट गीत गाउन रहर मान्ने ख्रीसमायाले शिक्षकले सिकाएको सिकाइमा उनले राम्रो गित गाउने, उनी स्कुलमा नि कक्षा कोठामा साथिहरु संग गित गाउने गरको उनका साथी बताउछन ।

२४ वर्षकी ख्रीसमाया तामाङ्ग कोभिड–१९को महामारीकोे समयमा घरमै बसी गीत गुनगुनाउदै छिन उनको जादुमई स्वरलाई पँहुचमा नहुनुको कारणले उनको प्रतिभाले सही स्थान पाउन नसकेको स्थानीय बताउछन् । राम्रो गीत गाउने प्रतिभा उनीमा छ तर प्रचार प्रसार र सबैले अपाङ्कता भन्दै अपहेलाना गरेको कारण उनको प्रतिभा सबै सामुने आउन सकेको छैन । घरको आर्थिक अवस्था कमजोर बुवा स्थानीय स्कुलमा पालेको काम गर्दै आई रहेका छन् भने आमाले सानो नास्ताको पसल चलाउदै पाँच जनाको परिवारको लालन पालन गर्दै आईरहेका छन् ।  ख्रिसमाया तामाङ्ग सबैको सामुने आउने हो र उनले पनि मौका पाउने हो भने उनी पनि उदाहरणीय र धेरैका लागि प्रेरणादायी बन्न सक्छिन् । सपाङ्गता भएका व्यक्तिहरुले गर्न नसकेको र नभएको कला एउटा बौद्धिक अपाङ्गता भएकी महिलामा रहेको छ।
यस्ता प्रतिभाको पहिचान गरि संरक्षण र सहयोग गर्नका लागि नत कुनै संघ संस्था छन् नत कुनै स्थानीय सरकारले नै चासो देखाएको छ ।
विनोदप्रिय कला र गलाकी खिसमाया जस्तको सरक्षण गर्ने दायित्व के राज्यले लिनुपर्ने होइन् !

ताजा समाचार