अहिले मिडिया र सामाजिक संजालमा सरकारले रोजागरीको ग्यारेन्टी नगरिदिदा भारत जाने नेपालीहरुको लर्को लागेको कारुणिक तस्वीरले भरिएका छन् । कोहि बाटैमा सुतेका छन् भने कोही भोकै प्यासै आफ्नो गन्तव्य तिर हिडिरहेका छन् । घरमा खानको अभाव श्रजना भएपछि माहाकाली नगरपालिकाका गरिखाने परिवार नेपाल–भारतको खुला सिमानाबाट लुकीछिपी भारत पस्न थालेको खबर छ् । कोरोना भाइरसको कारण भारतबाट रोजगारी गुमाएका स्थानियहरु भाइरसको संक्रमण पातलिएपछि रोजगारीको खोजीमा फेरी भारत पस्न थालेका छन् ।
‘नेपालमा रोजगारीनै छैन् । घरमा बसेर के गर्नु घरमा खानकै समस्या पर्न थाल्यो’ अधिकांश युवाहरुको यही भनाई छ् । कोरोना भाइरसको संक्रमण पछि रोजगारीको सिलसिलामा घर फर्केनेको के सरकारले आंकलन गरेको हैन त ? उनिहरु घर फर्केपछि सामान्य भएपनि रोगारीको ब्यवस्था गर्नु पर्छ । युवाहरुलाई नेपालमै राखेर उनिहरुको युवा जोशको सदुपयोग गर्नुपर्छ भन्ने सोच पनि राख्न नसक्ने सरकार हो त ? यति लामो लकडाउनमा सरकारले आम्दानी नहुने, दैनिक काम गर्ने मजदुरहरुका लागी यस्तो गर्छौं भनेर योजना नै बनाएन । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवलले हरेक दिन मिडिया ब्रिफिङमा अहिले सम्म ७० लाख भन्दा बढीलाई खान खुवाएको कुराको दाबी गरेका छन् ।
उनले मिडियालाई अपिल गर्छन, ‘कोहि खान नपाएको, दुख पाएको छ भने खबर गर्नुस्, सरकार सबै व्यवस्था गर्न तयार छ ।’ उनले कति गरेका छन् या गर्न सकेका छन् त्यो अर्को विषय होला तर उनले सार्वजनिक रुपमा जनतालाई दिलाएको विश्वास प्रसंशा गर्न लायकनै छ् । यो प्रसंग यस अर्थमा महत्वपूर्ण छ की ? सरकार आखिर कसका लागी हो त ? तिनै आम जनताका लागी होईन र ? यसरी सरकारले सयौं गरिखाने कोरोना भाईरसको कारण रोजगारी गुमाएपछि भोकै भएको नदेखे जस्तो गर्नु कुशासनको पराकाष्टा देखिएको छ् । देशमा केन्द्र देखि वडा कार्यालय सम्म तलबी सरकार छन् । उनीहरुले अहिले पनि जहा छौं, त्यहि बसौं भन्दैछन्, हामी व्यवस्था गर्छौं भन्न सकेका छैनन् ।
आखिर किन भन्न सकिरहेका छैनन त ? हो, अहिले महामारीको समयमा सरकारले नीतिगत रुपमा कडाई गर्नु, निर्देशन दिनु स्वाभाविक हो, तर आज खानलाई आजै कमाउने वर्गका लागी सोच्ने जिम्मेवारी पनि सरकारको होईन र ? बास्तवमै बर्तमान सरकार यसमा नराम्ररी चुकेको छ । केही राहत बितरण गर्दैमा सबैको कामको जिम्मेवारी पुरा भयो भन्ने सोच गलत हो । सरकारले जनताको गा“स, बा“स, कपास, स्वास्थ्य तथा रोजगारीको ग्यारेन्टी पनि लिन अहिलेको टडकारो आवश्कता हो । कोरोना भँईरसको कारण बिश्व लकडाउन भएको अवस्थामा माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रको दशगजा क्षेत्रमा भारतिय सुरक्षाकर्मीबाट कुटिदै पिटिदै आएका नेपालीहरु आईपुग्दा बर्तमान सरकारले देखाएको कठोरता, आफ्नी आमाको मृत्यु हुदा नेपाल आउन नपाएर क्वारेन्टाईनमा किरिया बसेका युवाको पिडामा सरकार निर्दयी भयो । सन्त्रासको त्यो समयमा शल्यक्रिया गरि ६ दिनको बच्चा का“खमा च्यापेर माहकाली नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा दशगजामा लुक्दै लुकाउदै आएका ति आमालाई चित्कार समेत सरकारले नसुनेकै त हो नि ।
बर्तमान सरकारले देखाएको यस्तो निरिहपनले जनताप्रतिको जवाफ देहिता र उत्तरदायित्वबाट सरकार धेरै टाढा रहेको देखिएको छ् । सिंहदरबारमा बसेर कोठे बैठक गर्ने र मिडियाबाजी गर्ने बाहेक सरकारले आम जनताको दुखमा सरकारको साथ रहेको अनुभूति देखाउन नसक्नुले जनतामा कोरोनाको त्रास, संक्रमण भन्दा बढी खतरनाक र चिन्ताजनक बनेको छ । बर्तमान परिप्रेक्षमा विश्वका २ सयभन्दा बढी देश कोरोनाको चपेटामा छन् । विश्वकै अर्थव्यवस्था हल्लिएको छ् । अधिकांस सबै क्षेत्र ठप्प छन् । विश्वका धेरै सरकारले कोरोनाबाट बच्न लकडाउन घोषणा गरेका छन् । र उनीहरुले लकडाउनको घोषणा गर्दै आम जनतालाई उल्लेखनियरुपमा राहतको घोषणा गरेका छन् । जनतालाई ठाँउ ठाँउमा खाना खुवाउने देखि जागिर गुमाएकालाई तलब दिने सम्मका राहत प्याकेज दिएका छन् । ताकी जनताको दैनिकी सहजै बितोस् । तर हामी कहा लामो समयमा लकडाउनमा सरकारले यस्ता कुनै पहल गरेको छैन ।
सरकारले लकडाउन घोषणा गर्ने बाहेक जनतालाई राहत दिननै सकेन । गाँउ होस् या शहर यति लामो समय बिना काम घरमा बस्दा धेरैको खल्ती रित्तिएको छ र रित्तिदै छ । नियमित आम्दानी रोकिदा र सरकारको काम गर्ने तरिका देख्दा अब भोलिका दिन कस्ता हुने होलान् भन्ने अर्को त्रास र त्यसको डरलाग्दो तस्वीर देखिन थालेको छ । विश्वकै अहिलेको परिस्थिति हेर्दा तत्काल पहिला जस्तो गरि आर्थिक गतिविधि हुने सम्भावना छैन । अब थप संक्रमण देखिएन भने सरकारले संक्रमण नदेखिएका र जोखिम नभएका ठाँउको पहिचान गर्दै विस्तारै खोल्दै जाला । र गर्नुपर्ने पनि त्यहि हो ।