हात्तीका हुलको सधैं त्रास : अझै सम्म भएन दीर्घकालीन समाधान

दोधारा 

भर्खरै धानमा वाला लाग्न थालेको छ् । कता कती त धानको कलिलो वाला लर्कदै छ् । मकै भने घर भित्र्याउदै छन् । नेपाल–भारत सिमा नजिक जंगलबाट जंगली हात्तीको आतंक सुरु भईसक्यो । माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोलमा अहिले आएर बस्ती भरी हात्तीकै त्रास छ् । रातीको समयमा स्थानियहरु अनिदो बस्न बाध्य छन् । कती बेला सुतेको समयमा हात्तीले ज्यान लिने हो भन्ने चिन्ता त्यत्तीकै छ् । समसाँझै हुने बित्तिकै हात्तीको हुल नजिकै रहेको भारतिय जंजलबाट भित्रिने र बिहान लगाएको अन्नवाली सखाफ गरेर मात्रै बिहान जंगल फर्किने गर्दां स्थानियहरु रातभरी हात्ती धपाउन थाली बजाउने, आगोको धुनी बाल्ने, ढुङ्गाले हान्ने तथा खुर्सानीको धुना बाल्ने गर्दै आएका छन् ।

नेपाल सरकारले हात्तीबाट जोग्गिन बडवाटोलको नेपाल–भारत सिमा क्षेत्रमा ११ स्थानमा सोर्यबत्ती जडान समेत गरेको छ् । हात्तीलाई जती जुक्ती अपनाएपनि भाग्दै नभाग्ने स्थानियहरु बताउछन् । भारत जंगल नजिकै रहेको हुदा हात्तीलाई बडवाल टोल बस्तीमा पस्न सहज छ् । बडवाल टोलमा सधैको पिर यही हात्तीको आतंककै हो । ‘खेतमा बाली तयारी भयो भने भारतिय जंगलबाट भित्रिदै आएको हात्ती बस्ती पस्छ्’ स्थानिय लक्ष्मी राना भन्छन्– ‘यो हाम्रो लागी नौलो कुरा हैन, तर समाधान तर्फ सरकार गम्भिर कहिल्यै भएन् ।’ बस्तीमा हँत्ती पसेर बर्सेनि ठुलो अन्नवालीको क्षतीको साथै रातीको समयमा सुत्न दिदैन् । हात्ती र मानिस बिच यहाँ वर्षौं देखि द्वन्द्व चल्दै आएको छ् । बस्तीमा हात्तीको बथान पस्ना साथ रातीको समयमा चिच्चाकल्लाह हुने र ज्यान बचाउन भाग्ने रातनै नभएको स्थानिय लक्ष्मी राना भन्छन् । माहाकाली नगरपालिकाको जगबुडा नदी पारीको नेपाल–भारत सिमा क्षेत्र संग गाँसिएको दुर्गम बस्ती हो ।

बस्तीमा बिद्युत सेवा बिस्तार गरिएको छ, नदी तर्न झोलुङ्गे पुल निमार्ण गरिएको छ भने जगबुडा नदीले बस्ती कटानी रोक्न तटबन्ध निमार्ण समेत भएको छ तर हात्तीको पिडा भने ज्यँको त्यँ छ् । स्थानियहरु भन्छन– ‘बस्तीमा अन्य सुबिद्या त आयो, तर रातीको समयमा हात्तीबाट ज्यान जोगाउन भाग्नु पर्ने समस्या भने हल भएन्’ हात्तीका कारण बस्तीमा बालीनाली नोक्सान धेरै हुन्छ । हात्तीको आक्रमणबाट गाँउलेको ज्यानै पनि गएको घटना छन् । रातीको समयमा हात्तीको हुल बस्तीमा छिरेपछि ज्यानै जोगाउन भागाभाग हुन्छ् । रातीको समयमा बस्ती पसेर अन्नवाली खान पल्केको जंगली हात्तीको बथानलाई धपाउन स्थानियहरुले बिभिन्न उपाय समेत गरेपनि हात्ती बस्तीमा पसेर आतंक मच्चाउन छाडेको छैन् । दैनिक जसो रातीको समयमा भित्रिने हात्तीलाई कडा प्रयास पछि मात्रै गाँउले मिलेर हूललाई बिहान मात्रै धपाउने गरेको अर्का स्थानिय आशा रानाले बताए । जंगली हात्तीका हूल अन्नमा पल्केपछि बस्तीमा पसेर उपद्रो मच्चाउदै आएको छ् । हूल बस्तीमा पसेपछि धपाउनका लागी गाँउले थाल ठटाउछन । रातभर जाग्राम बस्छन् ।

हात्तीलाई रोक्न निकुञ्ज प्रशासनले अनेक विधि प्रयोग गर्दै आएको हो । हूललाई वन भित्रै रोक्न निकुञ्जले छुदा हल्का करेन्ट लाग्ने विद्युतीय तार जडान ग¥यो । हात्तीले उक्त बिद्युतिय तारवारलाई भत्काईदियो । अहिले उक्त तारवार काम नलाग्ने अवस्थामा छ् । लामो समय देखि भारतबाट बस्ती भित्रिएकाृ हात्तीको कारण गाँउलेको गाँस खोसिएको छ् । निकुञ्जले वन्यजन्तुबाट पीडित व्यक्तिलाई केही राहत दिएका छन् तर राहत वितरणले मात्रै द्वन्द्वको दीर्घकालीन समाधान भने हैन् ।

ताजा समाचार

This will close in 10 seconds