महाकाली अस्पतालमा आईसियु र थाईराइड मसिन जडान, ५७ वर्षपछि सुविधा सम्पन बन्दै महाकाली अस्पताल

पहिलो पटक विरामी धनगढी बाट रेफर भएर महाकाली अस्पताल आई.सि.यु मा भर्ना

कञ्चनपुर

महाकाली अस्पतालमा आईसियु र थाईराइड मसिन जडान, ५७ वर्षपछि सुविधा सम्पन बन्दै महाकाली अस्पताल
केही बर्ष अगाडी सम्म रेफर अस्पतालको रुपमा रहेको महाकाली अस्पताल अहिले आएर सुविधा सम्पन अस्पतालको रुपमा चिनिदैं आएको छ । महाकाली अस्पताल ५७ वर्ष पछि सेवा सुविद्या सम्पन बन्दै गएको छ । पहिलो पटक विरामी धनगढी बाट रेफर भएर महाकाली अस्पताल आई.सि.यु मा भर्ना भएका छन् । (आज) सोमबार आईसियु र थाईराइड मसिनको औपचारिक उद्दघाटन भएको छ । ‘‘बन्दैछ महाकाली अस्पताल, अघि बढदैछ महाकाली अस्पताल’ भन्ने मुल मन्त्र बोकेर महाकाली अस्पतालको विकासको लागि अध्यक्ष कृष्णदत्त जोशी र वहाँको टिम रात दिन नभनि महाकाली अस्पताललाई महाकाली प्रदेशिक अस्पताल बनाउन लागि परेको छ ।

डाक्टर आउन नखोज्ने, भएको डाक्टर पनि यहाँ नबस्ने जस्ता समस्याले यहाँको स्थानियहरु भारतिय अस्पताल धाउन बाध्य थिए तर अहिले २९ जना डाक्टरको दरबन्दीमा २३ जना डाक्टर रहेका छन् जो स्त्रीरोग, हाडजोर्नी विशेषज्ञ एमडिजिपी, ल्याब र एनस्थेसियमा लगायत १२ जना मेडिकल अधिकृत जस्ता डाक्टरहरु रहेका छन् । ४ वटा भेन्टिलेटर र ६ वेडको आइसियु सञ्चालनमा आईसकेको छ भने थाईराइड मसिन जडान भएको छ तर दक्ष जनशक्तिको अभावले हाल थाईराइडको उपचार नभए पनि छिट्टै थाईराइडको उपचार शुरु हुनेछ । अब महाकाली अस्पतालमै गम्भीर रोगको पनि उपचार सम्भव भएको छ । अस्पतालमै हड्डी विशेषज्ञद्वारा उपचार शुरु भई सानो देखि ठुला अप्रेशन सफल भएका छन् । हाल अस्पताल सँग २ वटा एम्बुलेन्स र १ शव वाहन पनि छन् ।

कोरानाको सक्रमण दखिएका २०० भन्दा बढी विरामीलाई आइसोलेसन गरी निको भएको छ । कोभिड अस्पताल पनि भएको छ । अस्पतालमा सेवाग्राही बढी रहेका छन् । आफ्नै फार्मेसी सञ्चालनमा आइसकेको छ । केही दिनमै पिसिआर मेसिन पनि जडान गरी कोरोनाको जाँचको दायरा बढाउने मे.सु हरी श्रेष्ठले बताउनु भयो । ४ वटा भेन्टिलेटर र १० शैय्याको आइसियु र दक्ष जनशक्ति बढाउने जसको लागि विज्ञापन आवहान गरी सकेको अध्यक्ष कृष्णदत्त जोशीले बताए । सोमबार भएको उद्दघाटन कार्यक्रममा संघिय सभासद, महिला तथा सामाजिक समिति अध्यक्ष निरु देवी पालले आईसियु र थाईराइड मसिनको उद्दघाटन गर्नु भएको थियो ।

ताजा समाचार