पुँजीगत बजारमा शेयर तथा डिबेञ्चरको कारोवार

सुदिप नगरकोटी

पुँजीगत बजारमा शेयर तथा डिबेञ्चरको कारोवार गर्न सहयोग पुगोस भन्ने उद्देश्यले केहीआवश्यक जानकारी हजुरहरु माझ ल्याएको छु। यसको अध्ययनले हजुरहरुलाई शेयर बजार सम्बन्धि थोरै भए पनि सहयोग मिल्छभन्ने मैले विश्वास लिएको छु ।

डिमेट तथा डिमेट खाता (Demat Account): डिमेट खाता भनेको आफुले खरिद गरेका कम्पनीहरुको शेयर तथा डिबेञ्चरहरु लाई Digital तरिकामा शेयर तथा डिबेञ्चर सम्बन्धि कारोवार गरिने खातालाई डिमेट खाता भनिन्छ । विगतमा कम्पनीको शेयर खरिद गरीसके पछि शेयर प्रमाणपत्र दिने गरिन्थ्यो र ति प्रमाणपत्रहरुलाई घरैमा थन्काएर राखिन्थ्यो । तर हाल प्रविधिको विकास क्रम संगै धितोपत्र वोर्डले प्रत्येक लगानीकर्ताहरुलाई शेयर तथा डिबेञ्चर सम्बन्धि कारोवार प्रयोजन को लागी डिमेट खाता खोल्नु अनिवार्य गरेको छ । भौतिक रुपमा रहेको सम्पुर्ण शेयर प्रमाणपत्रहरुलाई अभौतिकिकरण गरी शेयर प्रमाणपत्र रहेको शेयर संख्यालाई डिमेट खातामा जम्मा गर्ने गरिन्छ । जस्तै हामीले रकमको कारोवार गर्न बैंकमा खाता खोले जस्तै शेयरको कारोवार गर्न डिमेट खाता खोल्ने गरिन्छ ।शेयर प्रमाणपत्रहरु चोरीहुनु, हराउनु, झुत्राहुनु आदि जस्ता जोखिमलाई डिमेट खाताले न्युनिकरण गर्ने गरेको छ ।

डिमेट खाता खोल्न हाल सम्पुर्ण बैंक तथा वित्तिय संस्थाहरु, शेयर दलालहरु र क्यापिटल संस्थाहरुले सःशुल्क तथा निःशुल्क डिमेट खाता खोल्ने गरेका छन् । प्रायडिमेट खाता खाता खोल्न रु. १५० शुल्क लाग्ने गर्दछ । र प्रत्येकआर्थिक वर्षको आधारमा यस डिमेट खातालाई नविकरण गर्दै जानुपर्दछ । यस डिमेट खाताको नविकरण शुल्क रु. १०० लिने गरिन्छ । डिमेट खाताको १६ अंकको हुने गर्दछ जसमा शुरुको ८ अंक DP ID(Depository Participant)  हुन्छ भने बाँकी ८ अंक Client ID   हुने गर्दछ ।

मेरो शेयर(Mero Share): मेरो शेयर भनेको आफ्नो डिमेट खाताको सम्पुर्ण विवरण Web site को माध्यम बाट Online हेर्ने सुविधा हो । यो सुविधा लिए वापत/नविकरण गरे वापत वार्षिक रु. ५० शुल्क तिर्नुपर्ने हुन्छ । मेरो शेयर बाट आफ्नो डिमेट खातामा भएको सम्पुर्ण कम्पनीहरुको शेयर संख्या हेर्न मिल्नुको साथै अन्य सुविधापनि हेर्न/ लिन सकिन्छ । जस्तैः

– मेरो शेयर को म्याद शुरु मिति, म्याद सकिने मितिआदि ।

– आफुले लगानी गरेको कम्पनिहरुको शेयरको शेयर संख्या, अन्तिम कारोवार मुल्य, अघिल्लो कारोवार मुल्यको साथै कुल रकम हेर्न सकिन्छ ।

– शेयर प्राप्त गरेको स्रोत, संख्या र विवरण हेर्न सकिन्छ ।

– कम्पनिले निष्कासन गरेको शेयर तथा डिबेञ्चरको (IPO/FPO/Right Share) आदि हेर्न, खरिद गर्न आदि सकिन्छ ।

– कम्पनिले दिने नगद लाभांश कुन बैंकको खातामा जम्मा हुन्छ, सोको बैंक खाता विवरण हेर्न सकिन्छ ।

– शेयर विक्रि गर्दाको कारोवार विवरण हेर्न, कारोवार राफ साफ गर्न सकिन्छ ।

Centralised Application Supported by Blocked Account (C-ASBA):   स्कुनै कम्पनिले शेयर तथा डिबेञ्चर निष्काशन (IPO/FPO/Right Share)  गरेको अवस्थामा उक्त शेयर तथा डिबेञ्चर खरिद गर्दा CRN (C-ASBA Registration Number) को आवश्यक पर्दछ । विगतमा शेयर तथा डिबेञ्चर खरिद गर्दा बैंकको चेक वा नगद रकम बुझाउनु पथ्र्याे । शेयर तथा डिबेञ्चर को रकम फिर्ता पाउने अवस्था भएमा फिर्ता पाउन धेरै समय कुर्नु पर्ने र सोको व्याज पनि प्राप्त नहुने समस्या हुन्थ्यो । तर प्रविधि विकासले हाल उक्त समयमा सहज भएको छ ।आफ्नो बैंक खाता भएको बैंक तथा वित्तिय संस्थाहरु संग CRN माग ग¥र्यो भने CRN दिने गर्छन ।

मेरो शेयर मार्फत शेयर तथा डिबेञ्चर निष्काशन कम्पनीको शेयर तथा डिबेञ्चर खरिद गर्दा मेरो शेयरले अन्तमा CRN माग्ने गर्छ र उक्त CRN type ग¥र्यो भने मात्र शेयर तथा डिबेञ्चर खरिद प्रक्रिया पुरा हुन्छ अन्यथा CRN विना खरिद प्रक्रिया पुरा हुदैन । कुनै दुई फरक बैंकमा खाता छ र ति दुई बैंक बाट नै फरक फरक CRN लिएको छ भने मेरो शेयर बाट शेयर तथा डिबेञ्चर खरिद गर्दा जुन बैंक लाई शेयर तथा डिबेञ्चर खरिद को लागी बैंक खाता छनौट गरिन्छ सोही बैंक बाट उपलब्ध गराएको CRN नै type गर्नुपर्दछ । अन्यथाशेयर तथा डिबेञ्चर खरिद प्रक्रिया पुरा हुदैन ।CRN लाई C-ASBA  भनेर पनि बुझ्ने गरिन्छ ।

जिज्ञासा तथा प्रश्नहरुः

१) डिमेट खाता एक वा वढी खोल्न पाईन्छ वा पाईदैन ?

– डिमेट खाता सके सम्म एउटा मात्रै भए राम्रो हुन्छ । तर धितोपत्र बोर्डले बढिमा दुई वटा डिमेट खाता खोल्न पाउने भनेको छ । विगतमा लगानीकर्ताहरुले दुई वा सो भन्दा वढि पनि डिमेट खाता खोलेका छन् ।हाल धितोपत्रको निर्देशन पछि बढिमा दुई वटा मात्र डिमेट खाता राख्न पाउने परिपत्र जारी गरेको छ  भने बाकी डिमेट खाताहरु बन्द गर्नुपर्दछ ।

२) डिमेट खाता बन्द गर्दा शुल्क लाग्छ वा लाग्दैन ?

– लाग्दैन, तर डिमेट खाता खोले देखी हाल सम्मको प्रत्येक आर्थिक वर्षको नविकरण शुल्क तिरको छैन भने संस्थाको नियमानुसार सम्पुर्ण नविकरण शुल्क भुक्तानी गरे पश्च्यात मात्र उक्त डिमेट खाता बन्द गर्न मिल्छ ।

३) डिमेट खाता को नविकरण शुल्क कति तिर्नुपर्छ र कँहा तिर्नुपर्छ ?

–जुन संस्थामा डिमेट खाता खोलेको छ, सोही संस्थामा गई नविकरण शुल्क भुक्तान गर्नुपर्छ । यसको नविकरण शुल्क रु. १०० लाग्ने गर्दछ ।हाल नविकरण शुल्क भुक्तान गर्न Online सेवाहरु आएका छन् जस्तै : Mobile Banking, Internet Banking, Connect IPS सहित Digital wallet जस्तै eSewa, Khalti आदि बाट पनि शुल्क भुक्तान गर्न सकिन्छ ।

४) डिमेट खाता खोलेको छ, अहिले सम्म त्यस खातामा कुनै पनि कारोवार गरेको छैन भने त्यसको पनि नविकरण शुल्कतिर्नपर्छ ?

–  पर्छ, जब सम्म डिमेट खाता बन्द गरिदैन तव सम्म प्रत्येक आर्थिक वर्षको आधारमा नविकरण शुल्क थप हुदै जान्छ ।

५) डिमेट खाता खोलेको छु तर खाता नं. विर्सिए अव कसरी थाहा पाउने ?

– डिमेट कुन संस्थामा खोलेको हो उक्त संस्था वा सोको शाखामा सम्पर्क गरी आफ्नो डिमेट खाता नं. पुनःलिन सकिन्छ ।

६) डिमेट खाता कँहा–कँहा खोल्न मिल्छ र शुल्क कति लाग्छ ?

–  धितो वोर्ड बाट स्विकृत पाएका बैंक तथा वित्तिय संस्थाहरु, शेयर दलालहरु र विधिन्न शेयर क्यापिटल संस्थाहरु कँहा गई डिमेट खाता खोल्ने फाराम भरी डिमेट खाताखोल्न सकिन्छ । खाता खोल्दा प्रायरु. १५०।– लिने गरिन्छ ।

७) डिमेट खाता र मेरो शेयरमा के फरक छ रु

– शेयर कारोवार गर्न डिमेट खाता आवश्यक पर्छ भने सोही डिमेटको Onlin विवरण हेर्न मेरो शेयर सुविधा लिनुपर्छ ।

८) मेरो शेयर को सुविधा लिन कँहा जानु पर्दछ र कति शुल्क तिर्नपर्छ ?

– डिमेट खाताजुन संस्थामा खोलेको छ सोही संस्थामा गई मेरो शेयर सुविधा फाराम भरी सेवालिन सकिन्छ । तर मेरो शेयर को सुविधा लिनजानु अघि आफ्नो ईमेल आइडि अनिवार्य हुनुपर्छ ।किन भने सोही ईमेल आइडि मा गोप्य आइडि तथा पासवर्ड प्राप्त हुन्छ । उक्त आइडि तथा पासवर्डको सहायताले मेरो शेयर loginगरी सेवालिन सकिन्छ । यस सेवा लिए वापत प्राय संस्थाले रु. ५० शुल्क लिने गर्दछन् भने प्रत्येक वर्ष  यस सेवा लिए वातप रु. ५० नविकरण शुल्कतिर्नुपर्छ ।

९) मेरो शेयर को बैंक विवरण रहेको स्थानमा बैंक नाम, शाखा र बैंक खाता नं. किनआवश्यक पर्छ ?

– तँपाईले लगानी गर्नु भएको कम्पनीले यदि नगद लाभांश बाड्नु प¥र्यो वा शेयर तथा डिबेञ्चर कारोवार राफसाफ गर्नु प¥र्यो भने यही उल्लेख गरेको बैंकको खाताको माध्यम बाट लाभांश जम्मा गर्ने साथै शेयर तथा डिबेञ्चर कारोवार राफसाफ गर्ने गरिन्छ । त्यसैले यसमा देखीने बैंकको नाम, शाखा र बंैक खाता नम्बर सही हुनुपर्दछ । गतल विवरण प्रविष्टि भयो भने नगद लाभांश प्राप्त नहुने साथै शेयर तथा डिबेञ्चर कारोवार राफसाफ नहुने जस्ता समस्या आउछ । यही बैंक खाता विवरण गतल हुनाले,भौतिक रुपमा शेयर प्रमाणपत्र भएका लगानीकर्ता डिमेट खाता नखोल्नाले जस्ता कारणले धेरै लगानी कर्तालाई वितरण गर्नुपर्ने लाभांश धेरै वर्ष पहिले देखीनै कम्पनीको दायित्वमा रहदैआएको छ ।

१०) शेयर तथा डिबेञ्चर खरिद गर्न CRN आवश्यक पर्छ भन्छन्, के हो यो CRN भनेको, कसरी लिने, कँहा बाट लिने र ऋच्ल् लिनकुनै शुल्क लाग्छ वालाग्दैन ?

–  शेयर तथा डिबेञ्चर खरिद गर्दा CRN आवश्यकपर्छ । CRN विनाशेयर तथा डिबेञ्चर खरिद गर्न मिल्दैन । जुनबैंकमाआफ्नो बैंक खाता छ सोही बैंकमावा संस्थामागई CRN मागफाराम भरी सकेपछि उक्तबैंक वा संस्थाले ऋच्ल् दिन्छ । यो CRN सुरक्षित गरी राख्नुपर्छ । शेयर तथा डिबेञ्चर खरिद गर्नु पुर्व जुन बैंकको CRN लिएको छ उक्त बैंक तथा संस्थामाभएको खातामाप्रयाप्त रकममौज्दात (कम्तीमाशेयर खरिद गर्दा आवश्यक पर्ने रकम र खरिद गर्दा लाग्ने शुल्कतथाकमिशन बराबर रकम)भएको हुनपर्छ । CRN लिनकुनै शुल्कतिर्नुपर्दैन । आफ्नो बैंक खाताभएका बैंकहरु बाट CRN एक वा वढि लिदाकेहीफरक पर्दैन तर शेयर तथा डिबेञ्चर खरिद गर्दा जुन बैंकको CRN राख्ने हो सो बैंकको खातामा माथि उल्लेख गरे अनुसार प्रयाप्त रकमभएको हुनपर्छ । एउटा बैंकको खाता छनौट गरी अर्को बैंकको CRN राख्न मिल्दैन ।अर्थात जुन बैंकको खाता छनौट गरिन्छ, सोही बैंकको नै CRN राख्नुपर्छ ।

११) मैले मानौ नेपाल बैंक लिमिटेड बाट CRN लिएको छु तर मेरो शेयर सुविधाको बैंक विवरण भन्ने स्थानमा राष्ट्रिय वाणिज्य बैंक लि. बैंकको विवरण छ । त्यसले गर्दा मेरो डिमेट खातामा केही फरक पर्छ वा पर्दैन वा के हुन्छ ?

– केही फरक पर्दैन, यसको प्रष्टता माथि पनि गरिसकेको छ । मेरो शेयरमा भएको बैंक विवरणमा नगद लाभांश प्राप्तगर्न वा शेयर तथा डिबेञ्चर कारोवार राफसाफ गर्नकोलागी हो भने CRN भनेको शेयर तथा डिबेञ्चर खरिद गर्दा आवश्यक पर्ने नम्वर हो जहा शेयर तथा डिबेञ्चर खरिद गर्दाको रकम, शुल्क तथा कमिशनअनुसार प्रयाप्त रकम हुनुपर्दछ ।

१२) कम्पनीहरुले शेयर तथा डिबेञ्चर निष्काश नगर्दा IPO/FPO/Right Share  भनि निष्काशन गर्छन् । यो IPO/FPO/Right Share भनेको के हो रु साथै Bonus Share  भनेको पनि के हो रु

– IPO  को पुरा नाम Initial Public Offering  हो ।अर्थात सर्वसाधारणहरुको लागीकम्पनीले सुरुमानिष्काशन गरेको शेयर हो । यस्तो शेयरको मुल्यप्रतिकित्ता रु. १०० हुने गर्दछ ।

–  FPO को पुरा नामँ   Farther  Public Offering  हो । अर्थात सर्वसाधारणहरुको लागीपुनःकम्पनीले निष्काशन गरेको शेयर हो । यस्तो शेयरको मुल्य प्रति कित्ता रु. १०० वा सो भन्दा बढि पनिहुन सक्छ ।

– कुनै लगानीकर्ता संग कम्पनीको पहिले देखी नै शेयर छ भने उक्त लगानीकर्ताले मात्र शेयर खरिद गर्न पाउने अधिकार हुने गरी निष्काशन गरेको शेयर लाई Right Share  भनिन्छ ।

–  कम्पनीको लगानीकर्ताहरुलाई लाभांशको रुपमा शेयर वितरण गरिन्छ भने त्यस्तो शेयरलाई Bonus Share भनिन्छ ।

१३) DP, BO र BOID को पुरा नाम के हो ?

– DP = Depository Participant, BO = Beneficial Owner / BOID = Beneficial Owner Identification Number

ताजा समाचार