बडवाल टोलमा मानव र वन्यजन्तु बीच द्वन्द्व : सरकारको उपलब्धी न्यून

जंगली जनावर नियन्त्रणका लागि तारबार गर्ने कार्य सरोकारवाला निकायले तदारुकता देखाएको छैन् । संरक्षणका नाममा र बन्यजन्तुबाट हुने क्षति नियन्त्रणका लागि डब्लुडब्लुएफ र तराई—भू परिधिले समुदाय स्तर कार्यक्रम सञ्चालन गरिरहेका छन् । बडवाल टोलमा सोलार फेन्सीङको बिग्रीएपछि हात्तीको बथान बस्तीमा पस्ने क्रम जारी छ् । समुदाय स्तर कार्यक्रममा क्रममा बर्सेनी ठूलो रकम खर्च भए पनि उपलब्धि न्यून हुदा स्थानीय सन्तुष्ट छैनन् । बन्यजन्तु संरक्षणका लागि भन्दै सरकारी तथा गैरसरकारी निकायले गोष्ठीमा मात्र बजेट खर्च गर्दा समुदाय लाभान्वित हुन नसकेको उनीहरुको गुनासो छ । निकुञ्जले माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोलमा गरेको बिद्युतीय तारवार प्रभावहिन अर्थात काम नलाग्ने भएपछि हात्ती लगाएतका जंगली जनावारहरु गाँउ बस्तीमा बस्ने क्रम बढेको हो’।

 छिप्पिदो साँझ । हातमा टर्चलाइट र लौरो लिएर घरवरीपरी घुम्छन् माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोलका बल बहादुर सुनार । खुट्टामा गमबुट । साँझको खाना खाने बित्तिकै उनलाई हतार हुन्छ, घर नजिक हात्ती आउछ कि भनेर । उनि रातीको समयमा सानो आवाज सुन्यो कि होहल्ला गर्दै जान्छन् । उनको रात यसरी नै कट्छ, अचेल पनि । घर नजिक भारतिय जंगलमा वन्यजन्तुको आवाजले उनि मात्रै हैन, माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोलबासी त्रसित छन् । भारत संग जोडिएका माहाकाली नगरपालिका मध्यवर्ती क्षेत्रका गाँउ बस्तीहरुमा जंगली हात्ती पस्न थालेपछि स्थानीयमा त्रास छाएको छ । उनिहरुको दैनिकी रातीको समयमा हात्ती धपाउनैमा बित्छ् । माहाकाली नगरपालिकाका भारत संग जोडिएका सिमा बस्तीहरुमा केही मानिस माथी आक्रमण गर्ने हात्ती घुम्दै आएका खबर छ । माहाकाली नगर क्षेत्रमा बिगत लामो समय देखि मानव र वन्यजन्तुबीच द्धन्द्ध सुरु भईरहेको छ् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतिय जंगल संग जोडिएको नगरपालिका हो ।

बिगतमा माहाकाली नगरपालिकालाई सरकारले मध्यवर्ती क्षेत्र घोषणा गरेको हो । मध्यवर्ती क्षेत्रका बासिन्दालाई बन्यजन्तुबाट जोगाउन सञ्चालित कार्यक्रमबाट खासै लाभ नपुगेको पीडितको भनाई छ । २०५५ सालमा माहाकाली नगरपालिकालाई मध्यवर्ती क्षेत्र घोषणा गर्दा जीउ धनको सुरक्षा संगै खेती बालीको सुरक्षा हुने स्थानीयको आशा थियो । बन्यजन्तु संरक्षण संगै आय–आर्जन कार्यक्रमले गाँउ खुशी हुनेमा सर्वसाधारण विश्वस्त थिए । मध्यवर्ती क्षेत्र घोषणा गरेको दुई दशक बित्न लाग्दा पनि बन्यजन्तुले दिएको पीडा घट्नुको साटो बढ्दै गएको छ् । स्थानीयको सुरक्षाका लागि सरकारले गर्नु पर्ने व्यवस्था नगर्दा उनीहरु दुखी छन् । स्थानीय महाबिर क्षेत्री भन्छन् ‘जंगली हात्तीको आक्रमण त्रास बढ्दै गएको छ्’ माहाकाली नगरपालिकाको वडा नं. १, २, ३, ५, ७, १० शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतिय जंगल संग जाडिएको बस्ती जंगली हात्तीको त्रासमा रात बिताउनु पर्ने बाध्य भएका छन् । ‘अरु काम छाडेर कसरी बाँच्ने भन्ने उपाय खोज्नु परेको छ्’ माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोलका स्थानिय लक्ष्मी राना भन्छन् । सरकारले बन्यजन्तु संरक्षण गरेर विकास ल्याएको भए पनि विनाश र क्षति न्यूनीकरणको पक्षमा मौन बसेको उनको गुनासो छ् । जंगली जनावर नियन्त्रणका लागि तारबार गर्ने कार्य सरोकारवाला निकायले तदारुकता देखाएको छैन् । संरक्षणका नाममा र बन्यजन्तुबाट हुने क्षति नियन्त्रणका लागि डब्लुडब्लुएफ र तराई—भू परिधिले समुदाय स्तर कार्यक्रम सञ्चालन गरिरहेका छन् । बडवाल टोलमा सोलार फेन्सीङको बिग्रीएपछि हात्तीको बथान बस्तीमा पस्ने क्रम जारी छ् । समुदाय स्तर कार्यक्रममा क्रममा बर्सेनी ठूलो रकम खर्च भए पनि उपलब्धि न्यून हुदा स्थानीय सन्तुष्ट छैनन् । बन्यजन्तु संरक्षणका लागि भन्दै सरकारी तथा गैरसरकारी निकायले गोष्ठीमा मात्र बजेट खर्च गर्दा समुदाय लाभान्वित हुन नसकेको उनीहरुको गुनासो छ ।

निकुञ्जले माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोलमा गरेको बिद्युतीय तारवार प्रभावहिन अर्थात काम नलाग्ने भएपछि हात्ती लगाएतका जंगली जनावारहरु गाँउ बस्तीमा बस्ने क्रम बढेको हो । बिद्युतीय तारवार नभएर प्रभावहिन बनेका माहाकाली नगरपालिकाका भारत संग सिमा जोडिएका बस्तीहरु जंगली हात्तीको आतंक बढेपछि स्थानीयहरु नराम्रो संग प्रभावित बन्दै आएका हुन् । केही दिन अघि मात्रै संघिय सरकारले बडवाल टोलमा ११ स्थानमा सोर्यबत्ती जडान गरेको छ् । जुन हात्तीबाट बच्नको लागी उत्तम कार्य हो । भारतिय जंगलबाट आएका हात्तीको हुलले बडवाल टोलमा राती भरी स्थानिय सुत्न नपाएको गुनासो सुन्न पाईन्छ् । लगातार एक महिना देखि हात्तीको बथान बडवाल बस्तीमा पसेर मकै तथा धान वाली नष्ट गर्ने क्रम रोकिएको छैन् । गएराती मात्रै हात्तीको बथानले गोल्मा सुनार, बिर भण्डारी, लक्ष्मी राना, बिरु ओखेडा, राजु ओखेडा, कर्ण बहादुर दमाई लगाएत दर्जनौ स्थानिय किसानको हात्तीले अन्नवाली खाएर तथा उधनेर नष्ट गरेको स्थानिय महाबिर क्षेत्रीले बताएका छन् । राती ८ बजे नजिक रहेको भारतिय जंगलबाट बडवाल बस्ती भित्रिने हात्तीको समुह बिहान मात्रै धान तथा मकै खेती खाएर जंगल फर्किने गरेको महाबिर क्षेत्रीले बताए । रातीको समयमा हिड्न समेत डर मान्न थालेका छन् । वन जंगलमा घाँस दाउरा गर्न जान समेत समस्या भइरहेको बताएका छन् । हात्ती आउने बित्तिकै गाँउले मिलेर भाँडा ठटाउने, आगो बाल्ने, पटा पडकाउने जस्ता काम गर्दै आएका छन् । हात्तीबाट बच्न गाँउलेहरु समूह बनाएर राती गस्ती समेत गर्दै आएका छन् । दिनभरि नजिकैको जंगलमा बस्ने र रात परेपछि बस्ती छिर्ने हात्तीका कारण स्थानीयबासी निकै त्रसित बनेका हुन् ।

ताजा समाचार

This will close in 10 seconds