कोरोना भाइरस र मानव जीवन

भुपी सरोवर
खोक्दा र हाँच्छ्यु गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्त्तिमा सर्दछ कोभिड-१९ अर्थात् कोरोना भाइरस। यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो। यो कुनै लामखुट्टेको टोकाइबाट पनि सर्ने रोग होइन र हालसम्म पुष्टि भएको पनि छैन कि लामखुट्टेको टोकाइबाट सरेको छ भनी ।

सुरुमा चीनमा देखिएको कोरोनाभाइरस अहिले विश्वभर यसले विकराल रुप लिएर मृत्युको त्रास बढाउँदै विश्वका हजारौं मान्छेहरूको एक चिहान पारिरहेको छ । जति पनि अहिले विश्वभर कोरोना भाइरस समाचारका चित्कार ध्वनिले विश्व मानव समुदायको मस्तिष्कमा निकै ठूलो असर पारिसकेको छ। आज विश्वमा के कसरी संकटबाट गुज्रिरहेको छ र भोलि कसरी विश्व समुदायले आफ्नो पाइला अगाडि बढाउनेछ ? बढाउन पाउने छ कि छैन्? त्यो पनि कुनै ग्यारेन्टीसाथ भन्न सकिने अवस्था छैन् । संक्रमण बढ्दै मात्र जाने हो र यसको रोकथामका सामान्य उपचार र क्वारेन्टाइन बाहेकको अन्य कुनै अौषधी र विकल्प समयमै सोचिएन भने विश्वको स्वरुप नै कस्तो होला केही भन्न सकिन्न !

अर्थतन्त्र प्रतिस्पर्धाको पछि दगुरी रहेको सिङ्गो विश्व नै अहिले यही भाइरसका कारण ओरालोतिर झरिरहेको छ । तर वातावरणीय दृष्टिकोणबाट हेर्ने हो भने विश्व अहिले निकै रुपले सुधार भइरहेको छ । वायुमण्डलमा रहेको कार्बनको तह घट्दै गइरहेको वैज्ञानिकहरुको दावी रहेको छ । विश्वलाई मुठ्ठीभित्र बाँधेर आफुलाई सर्वशक्तिमान मान्ने व्यक्ति अर्थात् वैज्ञानिक पनि बिरालोदेखि तर्सेको मुसोझैं कुन कति गहिराइको दुलोमा लुकेका छन् कुनै पत्तो छैन् ।

हरेकको मुख मुखमा अहिले एउटै शब्द निरन्तर उच्चारित भइरहन्छ `हे भगवान् ! कुनै न कुनै उपाय निकालीदेऊ ! हे प्रभु! हाम्रो उद्दार गरिदेऊ ! हे सृष्टिकर्ता! हाम्रो रक्षा गर ! कुनैदिन कसैका निम्ति ज्यान समेत दिन पछि नपर्ने मान्छेको आज आएर यसरी कोरोनाको सन्त्रासले थर्थरी मुटु काँपिरहेको छ । भागिरहेका छन् पर-पर मान्छेहरु मान्छेहरुदेखि । विश्व मानव समुदाय डरले काँप्नु भनेको यो विश्व यो ब्रह्माण्ड हल्लिनुरहेछ र हल्लिरहेकोछ बेस्सरी ।

कुनै मानव सिर्जित भाइरस हो कि भनेर कुनै ठोस प्रमाण नभेट्टाउदा अहिलेसम्म विश्व समुदाय यो प्रकृति सिर्जित भाइरस नै भनेर भन्दै लेख्दै आइरहेका छन् । यस्ता अनेकौं भनाइले गर्दा जुन प्रकृति र मानवबीचको सम्बन्ध रहिआएको छ यो सम्बन्धमा ठूलो खाडल सिर्जित भइरहेको छ । जसका कारण प्रकृति र मानव दुई किनार भएर हिड्नेमा आशंका नगर्न सकिन्न । यदि यो अवस्था आउँछ भने मानव प्रकृतिको जसरी सर्वशक्तिमान ठानेर पूजा गर्दै आइरहेकाछन् यो भोलि ठिक उल्टो सर्वश्रेष्ठ जाती मानवले आफैंलाई सर्वश्रेष्ठसङ्गसङ्गै सर्वशक्तिमानका रुपमा राखेर मानवीय संवेदना गुमाएर प्रकृतिमाथिको निरंकुशता लागू नगर्ला भन्न सकिन्न । जसको परिणाम स्वरुप विश्व कहाँ गएर टुगिन्छ केही भन्न सकिन्न । प्रकृतिको चाह के हुन् सक्छ र मानव समुदायले कसरी लिन सक्नुपर्छ र बनिरहेको खाडललाई कसरी कम गर्दै लैजान सकिन्छ यो सोच्नुपर्ने अनिवार्यता देखिन्छ जसका निम्ति विश्व मानव समुदायले यो सोच्नु आवश्यक छ कि यसरी गम्भीर पर्यावरणीयलाई सङ्कट निम्त्याँउने को? आखिर यसको निकास के? र कसरी निकाल्ने ?

यदि यस कार्यमा मानव नै मुख्य कारक रुपमा खेल खेल्न पुगेको हो भनेपनि त अब यो संक्रमण नियन्त्रणमा एक्लो मानवले कुनै सफलता हात पार्न सक्ने अवस्था रहेन। आंशिक रुपमा केही समयका लागि सक्ला तर त्यो क्षणिक नियन्त्रणले कुनै फाइदा चै पुर्‍याउदैन। पूर्ण रुपमा विश्वलाई संक्रमणमुक्त तुल्याउन त मानव र प्रकृतिबीच एउटा छुट्टै रचनात्मक ढंगबाट अघि बढ्नु जरुरी देखिन्छ । मानवले पनि यो सोच्नु अनिवार्य छ कि यति सुन्दर जीवन जन्म दिने प्रकृतिमाथि नै यसरी विध्वंसकारी रुपमा उत्रिनु कत्तिको उचित हो भनेर । यो सुन्दर प्रकृतिमा बिनाशकारी तत्वहरु हिजो पनि आज पनि त्यत्तिकै उत्पत्ति भएका छैनन् यसमा कुनै न कुनै रुपमा प्रत्यक्ष होस् या अप्रत्यक्ष रुपमा मान्छेहरुको हात रहेकै छ । कतिपय नितान्त व्यक्ति हावी हुने तुच्छ भावले गर्दा पनि बेलाबेला विश्व मानव समुदाय र प्रकृतिले यस्ता संकटका कैयौं समयसङ्ग जुध्नु परेको छ । विज्ञान र विकासको गलत प्रयोगले मान्छे मान्छे नरहेर अति सोचमा पुगेको छ । विज्ञान,मानव र प्रकृतिको एकआपसमा उचित किसिमले अनुपात नमिलाइकन विकास र प्रयोग अनि परिक्षणले गर्दा पनि समस्याहरु भोग्नुपरेको छ ।

विश्वको मै विश्व सर्वशक्तिमान हुँ भनी धाक लडाइरहेका देशहरु नै अहिले यो समस्याबाट मुक्त छैनन् र निकै जर्जर अवस्थामा पुगेका छन् । तिनीहरूको तुलनामा हेर्ने हो भने त हाम्रो देश नेपाल अहिलेसम्म निकै सुरक्षित छ र सुरक्षित रहन्थ्यो पनि तर सरकारको उचित पहल कदमी नहुदा र सुरक्षा संयन्त्र कमजोर हुदा पनि हामी अलिकति जोखिम तिर ढल्दैछौं कि लाग्छ । हामी आफै सुरक्षित संयमित हुन नखोज्दा पनि जोखिम बढिरहेको हो। कारण हामी अर्काको कुरा र दु:ख सुखमा निकै चासो राख्ने तर आफ्नो अवस्था र समस्यालाई पहिचान गर्न नसक्नु पनि हो । अहिले पनि हेर्ने हो भने सरकारले लकडाउन लगाएर घरमै बस्न र सुरक्षित रहन भनी आग्रह गर्दागर्दै पनि आफ्नो स्वास्थ्यको प्रवाह नगरी हरेक चोकचोकमा झुण्ड झुण्ड रुपमा विश्व गफ हाकिरहेका हुन्छन् । विश्वका ठुला अर्थतन्त्र भएका देशहरुको शीतयुद्ध हो । विश्व भ्रमण गरि सफल अनुसन्धान पश्चात् भर्खरै आइपुगेको झैं गरि आपसमा लडिरहेका देखिन्छन् । होला पनि नहोला पनि अड्कल काट्न मिल्यो तर जोखिम र स्वास्थ्य दृष्टिकोणले खतरा छ यसरी हुल बाधेर बस्नु भन्ने थाहा हुदाहुदै पनि त्यसरी बस्नु त राम्रो लक्षण होइन नि। अनि मानव जातिले प्रकृतिको उपयोग,उपभोग र प्रयोगका नाममा एकोहोरो त्यसको भावी नकारात्मकतालाई ध्यानै नदिइ एकोहोरो जान पनि राम्रो होइन । त्यहीँ कारणले अहिले मानव समुदाय र प्रकृतिबीच यो खाडल बन्न पुगेको हो ।

कोरोना भाइरसको फैलावट अहिले पश्चिमा मुलुकमा तीव्र गतिमा छ । विश्व अर्थतन्त्र लाई धानिरहेका देशहरु नै संक्रमणबाट दनिय अवस्थामा गुज्रिरहेका छन् । आर्थिक कारोबार स्वाट्टै तल झरेको छ। हरेक आर्थिक गतिविधिहरु ठप्प छन् । जसको प्रभाव हाम्रो देश नेपालमा पनि पर्न जान्छ । यस बारेमा समय सोचियोस् । रोगपछिको अौषधी नहोस् । मृत्यु पश्चात् को कोरोना पुष्टि फेरि फेरि नदोहोरियोस् ।

ताजा समाचार