दोधारा चाँदनीमा कोरोना रोकथाम तथा नियन्त्रणमा दुई करोड ४० लाख बढी खर्च

दोधारा

माहाकाली नगरपालिकामा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा गरिएको खर्च सार्वजनिक गरिएको छ । माहाकाली नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा रु. २ करोड ४० लाख ७७ हजार २ सय १ रुपैया खर्चा सार्वजनिक गरेको छ् ।

सार्वजनिक गरे अनुसार क्वारेन्टाइन निमार्ण रु. ३४ लाख १० हजार ९ सय ३३, क्वारेन्टाईनमा प्रयोग हुने सामग्री खरिदमा रु. १३ लाख २१ हजार ९ सय, क्वारेन्टाईन बस्नेहरुका लागी खानामा रु. ७ लाख, आइसोलेशन निमार्ण तयारी रु. ७ लाख ८७ हजार ३ सय, आइसोलेशन ब्यवस्थापन खर्चा रु. १४ लाख, आइसोलेशन खाना खर्च रु. २३ लाख, औषधीमा रु. ७ लाख ४१ हजार ४ सय, औषधी अन्य सामग्रीमा रु. ३० लाख ५६ हजार १ सय ५५, स्वास्थ्य उपकरणमा रु. ४ लाख ५९ हजार ९ सय ८, राहत बितरणमा रु. ४३ लाख२७ हजार ९ सय ९६, जोखिम भत्तामा रु. १३ लाख ८५ हजार ७ सय ८, यातायात खर्चमा रु. ५ लाख २५ हजार ७ सय, अन्यमा ३० लाख गरि जम्मा रु. २ करोड ४० लाख ७७ हजार २ सय १ रुपैया खर्चा रकम माहाकाली नगरपालिकाले सार्वजनिक गरेको छ् ।

ताजा समाचार