हुलाकी राजमार्ग बन्न नदिने मिसनमा भारत नेपाली जमिनलाई आफ्नो भूमि भन्दै अनावश्यक बखेडा

कञ्चनपुर

पुर्वपश्चिम जोड्ने हुलाकी राजमार्ग निर्माणमा भारतीय पक्षले अनावश्क अवरोध गर्दै आएकोछ । कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा एक बर्षदेखि अवरोध गर्दै आएको भारतले फेरी तारन्तार अवरोध गर्दै आएको हो । कहिले फिल्मीशैलीमा फौजफक्कड सहित एसएसबीका जत्था त कहिले कमाण्डर, कहिले प्रशासनिक निकायका अधिकारी ल्याएर निर्माण कार्य अघि नबढाउँन दवाव दिदै आएकोछ । निर्माण कम्पनीले बेस गर्दादेखि भारतीय पक्ष अवरोध गर्दै जाने, नेपाली पक्ष बनाउँदै जाने, कालोपत्रेको तयारीकै बेला भारतीय पक्षले अवरोध गर्न सकुयता देखाएको छ । ०७६ देखि भारतीय एसएसबीले सडक निर्माण गरिरहेको कम्पनी बाबाहंस सिद्धिकीका संचालक चक्र्र शाहलाई उक्त सडकखण्ड निर्माण नगर्न दवाव दिदै आएको हो ।

०७६ सालमा एक पटक अवरोध गरेको भारतले ०७७ मा आईपुग्दा चार पटक अवरोध गरेको छ । असार तेस्रो साता फिल्मशैलीमा सुरक्षाकर्मी सहित जायजत्था ल्याएर आएको भारतीय एसएसबीले साउन तेस्रो सातासम्म तीन पटक सडक निर्माण स्थलमा आएर अवरोध गरेको छ । आइतबार पनि भारतीय सीमा सुरक्षा बलका डेपुटी कमाण्डर आरके रमन नेतृत्वमा आएको एसएसबीको टोलीले माथिको आदेश भन्दै निर्माण गर्न नगर्न दवाव दिएर फर्किएका छन् । भारतीय पक्षले ३८ नम्बर रिफ्रेन्स पिलरलाई सीमा पिलर र स्ट्रीप नक्सालाई आधार मानेर आफ्नो भूमि भएको अनावश्यक अर्काको भूमिमा दावि गर्दै आएको स्थानीयले बताएका छन् । स्थानीयले कोडिभ १९को मौका छोपेर भारतीय पक्षले अनावश्क बखेडा झिकिरहेको बताएका छन् । अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका संयोजक पल्लवराज भट्टले ०५८ देखि ०६३ सम्म भारतसंग जोडिएको कैलाली कञ्चनपुरमा गरिएको संयुक्त सीमा सर्वे टोलीले बदमासी गर्दा भारतीय पक्षले बखेडा झिक्दै आएको बताए ।

‘उतिबेला नेपालमाद्वन्द्व चलेको थियो, संयुक्त टोलीपनि उतै भारततिर बसे, जे जे भन्यो, नेपाली पक्षले त्यही गरे, आज आएर भारतीय पक्षले नेपाली लालपुर्जावाला जमिनमा समेत बखेडा झिक्दैछन, ‘सयोजक भट्टले स्ट्रीप नक्सामाथि छानबिन हुनुपर्छ ।’ आँक्षास र देशान्तर हेरेर जिपिएसबाट नाप्दा नेपाली भूमि भारतमा देखिन लागेको बताउदै उनले ३८ नम्बर रिफ्रेन्स पिलरलाई सीमा पिलर मानेर भारतीय पक्षले अवरोध गर्दै आएको बताए । ‘स्ट्रीप नक्सामा त्रृटी छ वा छैन, एक पटक नेपाल सरकारले विज्ञ सहितको टोली लगाएर अध्ययन गर्नुपर्छ, ‘उनले भने, ‘त्रृटि भएका क्षेत्रमा सच्याउनु पर्छ ।’ स्ट्रीप नक्सा नेपालले स्वीकार नगरेको अवस्थामा सो नक्सा पुनरावलोकन गर्नुको विकल्प नभएको बताए ।

‘कैलाली कञ्चनपुरमा देखिएको सबै सीमाको विवाद स्ट्रीप नक्सा हो, ‘उनले भने, ‘यसमा सरकारले समयमै ध्यान दिनुपर्छ ।’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी प्रशाद खतिवडाले संयुक्त सीमा सर्वेटोलीले सो क्षेत्रको विवाद हल गर्नुपर्ने बताए । ‘पचुईको विवाद समाधानका लागि कित स्ट्रीप नक्सा खारेजी गर्नुप¥यो, होईन भने भारतीय पक्षले ब्याक हुनुप¥यो, ‘हामी न स्ट्रीप नक्सा खारेजी तर्फ लागे, न कार्यान्वयन तर्फ ।’ भारतीय पक्षले ब्याक हुँदा विवाद समाधान हुने प्रजिअ खतिवडाको भनाई छ । नेपाली पक्षले भने भारतीय दादागिरीशैली अहङकारका कारण छिमेकीको सडक निर्माणमा अवरोध गर्दैै आएको बताएका छन् । अनावश्यक अवरोध नगर्न समेत स्थानीयले भारतीयसंग चेतावनी दिएका छन् ।

ताजा समाचार